-->
ट्वीन टावर ठोकेका बिन लादेनका छोराले पनि अमेरिकालाई दिए खतरनाक धम्की !

एजेन्सी– ओसामा विन लादेनका छोरा हमजा लादेनले आफ्नो पिताको हत्या गर्ने अमेरिकासँग बदला लिएरै छाड्ने धम्की दिएका छन् । एक अनलाईनमा आफ्नो उद्घोषसहितको भिडियो सार्वजनिक गर्दै उनले सो धम्की दिएका हुन् ।
हमजाले अमेरिका र उसका सहयोगी राष्ट्र विरुद्धको लडाई अलकायदाले जारी राख्ने उद्घोष समेत गरेका छन् । लादेन पुत्र हमजाको यो भिडियो २१ मिनेट लामो रहेको छ ।
‘हामी सबै ओसामा’ शीर्षक दिइएको सो भिडियो उद्घोषमा हमजाले भनेका छन्, ‘हामी अमेरिका विरुद्ध हमला जारी राख्नेछौ ।’
हामी तिमीलाई तिम्रो देश र बाहिर समेत निशाना बनाइरहनेछौ । हामी तिमीले जारी राखेका अफगानिस्तान, सिरिया, इराक, यमन, सोमलिया लगायतका मुस्लिम देशका हिंसा र अप्रेशनका बिरुद्ध जवाफ दिनेछौ ।’
उनले भनेका छन्, ‘इस्लामिक देशमा अमेरिकीहरु विरुद्ध बदला लिने कुरा ओसामा बिन लादेनको हत्याको बदला मात्र होइन, यो त इस्लामको रक्षा गर्ने सवाल पनि हो ।’
विन लादेनको नेतृत्वमा सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकाको ट्वीन टावरमा हमला हुँदा सयौ अमेरिकीहरुको ज्यान गएको थियो । केही वर्षअघि अमेरिकन सुरक्षा फौजको कारबाहीमा परे पाकिस्तानमा लुकेर बसेका लादेनको मत्यु भएको थियो ।
source : Kathmandu  today


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.