-->
अफिस कोठामा बसेर जुवातास खेलिरहेका ९ जना प्रहरी नियन्त्रणमा !!

काठमाडौं, असार २७ - दुई लाख १२ हजार रुपैयाँसहित जुवातास खेलिरहेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले काठमाडौं महानगरपालिका १६ उत्तम चोक स्थित फिल्डएयर एडभाण्टेज ट्रेकिङ्गको अफिस कोठामा बसेर जुवातास खेलिरहेका ९ जनालाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी कार्यालय इन्टेलिजेन्स शाखा र महानगरीय प्रहरी बृत लैनचौरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई आइतबार नेपाली २ लाख १२ हजार रुपैयाँ, युएस डलर २ सय ६९, मलेसियन रिङ्गगेट १ सय २०, सिंगापुर डलर ७२, जापनिज यन ५० हजार तथा ३ बुक तास सहित पक्राउ गरेको जनाएको छ ।
प्रहरीले धादिङ्ग घर भई हाल मनमैजु बस्ने २४ बर्षीय सोम गुरुङ्ग, धादिङ ज्यामुङ ८ घर भएका ३२ बर्षीय भुमिनन्द बोहरा, धादिङ कटुन्जे ७ घर भएका ३३ बर्षीय रमेश सापकोटा सहित ९ जनालाई पक्राउ गरेको जानकारी दिएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.