-->
सर्वोच्चले लोकमानलाई सोध्यो- अदालतको अवहेलनामा तपाईँलाई कारबाही किन नगर्ने?

सर्वोच्च अदालतले लोकमान सिंह कार्कीलाई अदालतको अवहेलना मुद्दामा कारबाही किन नगर्ने भन्दै प्रश्न गरेको छ।
साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितलाई भ्रष्टाचार छानविन गर्न भन्दै अख्तियारले पक्राउ गरेपछि उनकी पत्नि शान्ता दीक्षितले लोकमान र अख्तियार विरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरेकी थिइन्।
उक्त मुद्दाको पहिलो सुनुवाई गर्दै सोमबार, न्यायाधीश गोविन्द कुमार उपाध्यायको एकल इजलासले लोकमान र अख्तियारसँग अदालतको अवहेलनामा कारबाही नगर्नु पर्ने आधार भए पेश गर्न भनेको हो।
कनकमणि दीक्षितले नै दिएको रिटमा सर्वोच्चले आयोगको निर्णय गरेर मात्रै मुद्दा अघि बढाउन र प्रयोजन नखुलाईकन कुनै कारबाही नगर्न गरेको आदेशलाई वेवास्ता गर्दै आफ्ना पति कनकलाई पक्राउ गरेको भन्दै शान्ताले बैशाख २२ गते सर्वोच्च अदालतको अवहेलना मुद्दा दिएकी थिइन्।
अख्तियारले साझा यातायातका अध्यक्ष दीक्षितमाथि छानविन गर्न भन्दै बैशाख १० गते पक्राउ गरेको थियो।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.