सरकारले सर्वसाधारणले बिदेशबाट फर्किदा काँचो सुन लिएर आउन नपाइने ब्यवस्था गरे पछि सुन चाँदी ब्यवसायी आक्रोशित भएका छन । सरकारले काँचो सुनको आयातमा दूरुपयोग भएको भन्दै साउन १ गते देखि लागू हुने गरी झिटीगुण्टा मार्फत ५० ग्राम सम्म काँचो सुन ल्याउन नपाइने ब्यवस्था गरेको छ ।
सरकारले साउन १ गते देखि बिदेशबाट फर्किएर आउने सर्वसाधारणले झिटीगुण्टामार्फत ५० ग्रामसम्म काँचो सुन ल्याउन सकिने ब्यवस्थालाई खारेज गरेको छ । सर्वसाधारण जनताले बिदेशबाट फर्किदा ल्याउन सक्ने ब्यवस्थालाई खारेज गरेको बिषयमा नेपाल सुनचाँदी ब्यवसायी महासघले आपत्ति जनाएको छ ।
बिदेशबाट फर्किएर आउने सर्वसाधारणले ल्याएको सुन ब्यक्तिगत प्रयोजनमा भन्दा पनि ब्यापारिक प्रयोजनमा र गलत तरिकाले प्रयोग गरिएको खुलासा भए पछि सरकारले यो ब्यवस्थाको खारेज गरेको हो । नेपाल सुन चाँदी ब्यवसायी महासघका अध्यक्ष मणिरत्न शाक्यले सर्वसाधारणले झिटीगुण्टामार्फत ५० ग्रामसम्म काँचो सुन ल्याउन सकिने ब्यवस्थालाई खारेज गर्दा बिदेशबाट सुनको गहना ल्याउने प्रबृत्तिको कारण ब्यवसायी मर्कामा परेको बताएका छन ।
सरकारले ५० ग्राम भन्दा बढी तयारी गहना ल्याएको भेटिएमा विमानस्थल भन्सारले जफत गर्न सक्ने छ । सरकारले झिटी गुण्टाको ब्यवस्थालाई संशोधन गर्दै काँचो सुन ल्याउनै नपाउने व्यवस्था गरेको हो । पछिल्लो समयमा वैदेशिक रोजगारीबाट फर्किनेहरुमार्फत झिटिगुण्टा सुन ल्याएर कारोबार नै गर्नेहरु सक्रिय भएपछि सरकारले यो ब्यवस्था गरेको हो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...