-->
स्कूल बसको ठक्करबाट बालिकाको घटनास्थल मै मृत्यु, चालक प्रहरीको नियंत्रणमा

देबेन्द्र केसी, नयाँ दिल्ली । पुर्बी नेपालको डाँगीबारी ,०८ - बिहिबारे झापामा आज बिहान स्कूल बसले किच्दा एघार बर्षिया बालिका को ज्यान गएको छ । चारपाने ,०४ ,बेलडाँगी स्थित देवकुल अंग्रेजी बोर्डिड्ग स्कुलको मे १ ख ९७२ नम्बरको बसले डाँगीबारी ,८ ,बिहिबारेका अर्जुन राईकि एघार बर्षिया छोरी अनिशा राईलाई ठक्कर दिएको हो । बसको ठक्कर बाट साईकल चलाईरहेकी अनिशाको घटनास्थल मै ज्यान गएको थियो । बिहान डाँगीबारी का बिधार्थीहरुलाई लिन गएको बसले नौ बजे बिपरित दिशा बाट आउदै गरेकि बालिका लाई ठक्कर दिएको थियो ।
ठक्कर बाट साईकलको पछाडि बसेका बालक गम्भीर घाईते भएका छन । नाम खुल्न नसकेका घाईते बालकको  घाईतेको बिर्तामोड अस्पताल मा उपचार भईरहेको मृतक बालिका का छिमेकी मधु न्यौपाने ले बताए । "घटनापछि ईलाका प्रहरी कार्यालय बिर्तामोडले बस चालक र बस धनि लाई नियंत्रण मा लिएको छ र घटनाको अनुसंधान भईरहेको जनाएको छ" मृतक का छिमेकी मधु न्यौपाने लाई उद्ध्रत गर्दै काठमाण्डौ बाट समाचार सहयोगी ताराबिर पाण्डेले जानकारी दिनुभयो । घटनापछि केहिबेर अबरुद्ध बनेको यातायात अहिले सुचारु भएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.