-->
अनलाईन खबर ! बेसीशहरमा सडक डिभिजन कार्यालय दमौलीको कार्यालय छ ।

बेसीशहरमा सडक डिभिजन कार्यालय दमौलीको कार्यालय छ । नगरपालिका पनि बेसीशहरको विकास गर्ने भन्दै कार्यक्रम अघि बढाउँदै आएको छ । जिल्लाको समग्र विकासका निम्ति खबरदारी गर्ने राजनैतिक पार्टीका नेता तथा कार्यकर्ता पनि यही सदरमुकाममा नै बस्छन् । यहाँ जिल्ला विकास समिति र जिल्ला प्रशासन कार्यालय पनि छन् । र नगर विकासको कार्यालय पनि यही छ तर सडकको बारेमा चासो ब्यक्त गर्ने कोही छैनन् । विगत लामो समय अघिदेखि बेसीशहरको मुल सडकको अवस्था दयनिय हुँदै आएको छ तर यसको मर्मत तथा स्तारोन्नतीमा कसैले चासो भने राखेका छैनन् ।
विग्रिएका सडक आसपासमा बस्ने नागरिकहरु पनि कसैलाई पनि खबरदारी गर्न सक्दैनन् । उनिहरु पनि कानमा तेल हालेर बसेका छन् । बेसीशहरको मुल सडकका विभिन्न स्थानमा सयौंको संख्यामा खाल्डाखुल्डी छन् । तिनै खाल्डा खुल्डीमा बर्षातको पानी आएर जम्मा भएको छ । तिनै पानी भरीएको खाल्डाबाट राजनैतिक दल, प्रशासन, जिविस, सर्बसाधारण सबैको सवारीहरु कुद्छन् तर बाटो मर्मत गर्ने र सम्बन्धित निकायमा खबर पु¥याउने काम भने हुन सकेको छैन् ।
सदरमुकामको शेरा बजार, शेरा ओरालो, झिङेखोला, नारायणस्थान चोक, ठाडो लाइन, त्रिवेणी टोल, पुरानो बैंक चोक, मनाङ चौतारा लगायतका स्थानका सडकको अवस्था कन्तबिजोग अवस्थामा पुगेको छ । यता नेपाल टेलिकम बेसीशहर शाखाले तार बिच्छ्याउने नाममा त्रिवेणी टोल क्षेत्रमा खनेको खाडलमा अहिलेसम्म कालोपत्रे गर्न सकेको छैन् । जस्ले गर्दा धेरै सवारीसाधनहरु दुर्घटनाको शिकार बनेका छन् ।
नगरपालिकालाई हराभरा बनाउने जिम्मा लिएको बेसीशहर नगरपालिका यस्ता कार्यहरुबाट पन्छिएको नगरबासीहरुको अरोप छ । बेसीशहरको मुल सडकमा नाली ब्यवस्थित नहुँदा बर्षायामा आएको पानीले सडक भरिने गरेको छ । तर यसप्रति भने बेवास्ता हुँदै आएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.