-->
फिल्म ‘सुल्तान’ मा भएका पाँचवटा गल्तीहरु .....

२५ आषाढ, सलमान खानको फिल्म ‘सुल्तान’ ले यतिखेर पुराना रेकर्ड ब्रेक गर्दै व्यापार गरिरहेको छ । फिल्म पहिलो दिनमा नै ४० करोडको व्यापार गरेको समेत बताइको छ । फिल्म विश्लेषकहरुका अनुसार यसले अरु दिनहरुमा पनि बम्पर व्यापार गर्नेछ ।
यस फिल्ममा सलमान खान र अनुष्का शर्माको धमाकेदार एक्टिङले फिल्मलाई हरेक कोणबाट बलियो बनाएको फिल्म समिक्षकहरु बताउँछन् । तर फिल्ममा भने केही यस्ता गल्तीहरु भएका छन् जुन कुराको पछि मनन भएको छ ।
सुल्तान फिल्ममा भएका पाँचवटा गल्तीहरु
१.बच्चाहरुलाई बिचबाटोमा छोडिदिन्छन्
फिल्ममा सलमान खान अफिसका लागि निस्किनछन् । उनले बिचबाटोबाट स्कुल हिडेका केटाकेटीलाई लिफ्ट दिन्छन् । तर जुस खाने ठाउँ ति केटाकेटीलाई त्यही छोडेर सलमान खान अफिस लाग्छन् । उनीहरुलाई सलमान खानले स्कुलसम्म छोड्नु पथ्र्यो ।
२. इरानको सर्टफर्ममा गल्ती
फिल्ममा सलमान खान इरानका रेसलरसँग लड्छन् । तर स्कोर बोर्डमा भने इरानको सर्टफर्ममा भने गल्ती देखाइएको छ । खेल भइरहेको अवस्थामा इरानको सर्टफर्ममा आइ आर आइ हुनुपर्ने थियो तर स्कोर बोर्डमा आइ आर ए लेखिएको छ ।
३. जब अनुष्का हतियार लिएर अखाडामा उत्रिइन्
कुनै पनि खेलको खेल मैदानमा कुनै खाले सामान लान पाइदैन । कुश्तीमा पनि यो नियम लागु हुन्छ । तर अनष्काले यो नियम तोडिदिएकी छिन् । उनले आफ्नो कपालमा पिन लगाएर मैदानमा उत्रिएकी छिन् ।
४.सलमान खानको सालिक सलमान जस्तो छैन
फिल्ममा सलमान खानले पाएको सफलतालाई लिएर सालिक बनाइन्छ । गाउँलेहरुले गरेको यो कामलाई सबैले सराउँछन् तर जब सलमान खानको जस्तो सालिक भने देखिएको छैन । यत्रो हाइ बजेटको फिल्ममा यती सानो गल्ती हुनु राम्रो मानिदैन ।
५. फिल्ममा सलमान खान कुश्ती खेल्नेभन्दा पनि सुपरम्यानको छनक देखाएका छन् ।
फिल्ममा यस्तो एउटा सिन रहेको छ जहाँ गाउँलेहरुले फसेको ट्याक्टर निकाल्न सलमान खानको भर पर्छन् । उनीहरु सबैले सलमान खानले निकाल्छ भन्दै हेरेर बस्छन् । दलदलमा फसेको ट्याकटर निकाल्ने काम त कि सुपरम्यानले गर्छ कि शक्तिम्यानले । कुश्ती खेल्ने खेलाडीले सहयोग मात्र गर्न सक्छ । - नेपालीपत्र डटकम


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.