काठमाडौं, १ साउन - अंग्रेजी र लोकदोहोरीमध्ये कुन गीत बजााउने भन्ने विवादमा ललितपुरको देवीचौरमा बिहीबार राति गोली चलेको छ।
वैवाहिक कार्यक्रममा एउटै गाउँ वरपरका आफन्त भए पनि गीत बजाउने निहुँमा भरुवा बन्दुक पड्कँदा स्थानीय प्रवेश तामाङ घाइते भएका छन्। देवीचौरका मनिक थिङले प्रवेशलाई भरुवा बन्दुक प्रहार गरेका थिए। दोहोरो भिडन्तमा सोनाम तामाङ र सूर्य तामाङसमते घाइते भएका छन्।
मनिकाको मूहका राजकुमार थिङ, विशाल थिङ र अमित थिङलगायतले तरबारसमेत प्रहार गरेका थिए। प्रहरी टोलीले घटनामा प्रयोग भएको एक थान भरुवा बन्दुक, एक थान तरबारसहित २० जनालाई नियन्त्रणमा लिएको छ। आजको
अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।


0 comments
प्रतिक्रिया दिनुहोस्...