-->
छोरीको फेसबुकले बुवालाई जोगायो

साउन १ – इजिप्टका पूर्व खेलाडी हसाम हसनलाई उनकी छोरीको फेसबुक पोस्टले सम्भावित जेल सजायबाट जोगाएको छ ।
इजिप्टका सर्वकालिन सर्वाधिक गोलकर्ता हसाम विरुद्ध प्रहरीका एक फोटोग्राफरलाई अपमान गरेको भन्दै मुद्दा दर्ता भएको थियो । तर हसामकी छोरीले फेसबुकमा पोस्ट गरेको भावनात्मक सन्देशले उनलाई सम्भावित जेल सजायबाट जोगाएको छ । हसामकी छोरीले ‘म निकै दुःखी छु, कि मैले मेरो बुवालाई जेलमा देख्नु पर्नेछ’ भनेर आफ्नो फेसबुकमा पोस्ट गरेपछि हसाम विरुद्ध मुद्दा दर्ता गरेका रेडा अब्देलमगेडले मुद्दा फिर्ता लिएका हुन् ।
रेडाले भने ‘हसामकी छोरीका शब्दले मलाई दुःखी बनायो । मैले मुद्दा फिर्ता लिने निर्णय गरेँ किनकीम पोर्ट शहर मलाई मन पर्छ । यस्तै म हसामलाई माया गर्छु, उनकी छोरीले इजिप्टका नागरिकलाई खुसी बनाएका छन् ।’ इजिप्टका सर्वाधिक गोलकर्ता हरामले सन् १९८५ देखि २००६ सम्म राष्ट्रिय टिमबाट एक सय ६९ खेलमा ६९ गोल गरेका छन् । गएको शुक्रबार लिग खेल अन्तर्गत अल मास्री र गाजल अल माहल्लाबिचको खेल २–२ को बराबरीमा सकिएपछि तनाव भएको थियो । त्यसक्रममा फोटो खिच्दै गरेका रेडालाई हसामले अभद्र व्यवहार गरेका थिए ।
हसाम अहिले अल मास्री क्लबका प्रशिक्षक छन् । रेडाले मु्द्दा फिर्ता लिएपनि अदालती प्रक्रिया पूरा गर्नु पर्ने भएकाले हसाम आउँदो शनिबारसम्म जेलमा रहने छन् ।
इजिप्टको फुटबल एसोसिएसनले हसामलाई तीन खेलको प्रतिबन्ध लगाएको छ भने एक हजार एक सय अमेरिकी डलर जरिवाना पनि तिराएको छ ।
– एजेन्सीको सहयोगमा


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.