-->
खुल्ने भयोे जागिरको अवसर, २४ हजार शिक्षकको दरबन्दी खुल्ने

काठमाडौं, २६ असार । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मुलुकभर करिब २४ हजार शिक्षकको दरबन्दी खाली रहेकाले छिट्टै पदपूर्ति गरिने बताएका छन् ।
आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ– संसदको शनिवार बसेको बैठकमा शिक्षा मन्त्रालयको विनियोजन विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री पोखरेलले भने, ‘ मुलुकभर २३ हजार ९ सय शिक्षकको दरबन्दी रिक्त छ । तीमध्ये अधिकांश अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षक छन् ।’
रिक्त शिक्षक नियुक्तिका लागि शिक्षा मन्त्रालयले छिट्टै दरबन्दी पूर्तिमा पहल गर्ने मन्त्री पोखरेलले बताए । ‘हामीले रिक्त दरबन्दी पूर्ति गर्ने विषयमा सोच बनाइरहेका छौं ।’khabardabali


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.