काठमाडाैँ २६ असार – केही समय अगाडिदेखि रहस्यमय मृत्युका घटना निकै भइरहेका छन् । पछिल्लाे समय नेपाली फूटवलर बिमल घर्ती मगरकी बहिनी मनिसाकाे रहस्यमय हत्याकाे घटना सेलाउन नपाउँदै फेरी अर्काे घटना भएकाे छ । बनेपा काभ्रेको चौरी खोलामा निवस्त्र अवस्थामा आमा छोरीको शव भेटिएको छ । काभ्रेको माझिफेदा गाविस ७ बस्ने २२ बर्षीया मीनाकुमारी योञ्जन र उनकी दुई वर्षीया छोरी युनिषा मोक्तानको शव चौरी खोलामा निवस्त्र अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । गत असार १७ गते दोलखा माइत जान हिँडेकी योञ्जन नआएपछि दाजु कृष्ण योञ्जनले १८ गते खोजतलास गर्दे जाने क्रममा चौरी खोलाको बीचमा बहिनीको निवस्त्र शव भेटेका हुन् ।
खोज्ने क्रममा शव भेटियो, कृष्णले भने। ‘यो एउटा नियोजित हत्या हो, हत्या नभएको भए कसरी आमा छोरीको शव नाङ्गो हुन्छ रुु उनले प्रश्न गरे ।उनका अनुसार ज्वाइँले बारम्बार मदिरा पिएर शारीरिक र मानसिक यातना दिने गरेको बहिनीले बताएकी थिइन ।
पीडित पक्ष माइतीले पति हेमबहादुर मुक्तान र ससुरा बीरबहादुर मुक्तानले उनकाे हत्या गरेकाे शंका गरेका छन् । मृतकका लाजु कृष्णले हेमबहादुर र वीरबहादुरविरुद्ध जिल्ला प्रहरी कार्यलयमा मुलुकी ऐन कर्तव्य ज्यान विरुद्धको जाहेरी दिएको बताए। १७ गते हराएकी मिनाको शव १८ गते घर भन्दा दश किलोमिटर तल खोलामा भेटिएको थियो भने छोरी युनिषाको शव २३ गते आमाको शव भन्दा सात किलोमीटर माथि शरीरमा कपडा नभएकै अवस्थामा फेला परेको स्थानीय बीरबहादुर तामाङले जानकारी दिए ।घटना रहस्यको विषय बनेको छ । जिल्ला प्रहरी कार्यलयका प्रमुख एसपी राजेशनाथ बास्तोला भने घटना बारे अनुसन्धान भइरहेको बताए । एसपी बास्ताेलाका अनुसार ’फेला परेको शवको प्रकृति हेर्दा घटना रहस्यमय भएकोले पोष्टमार्टमको रिपोर्ट र पीडितले दिएको जाहेरीका आधारमा थप अनुसन्धान भएरहेकाे छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...