तपाईमा सुत्नुभन्दा अघि मोबाइल हेर्ने बानी पक्कै पनि हुनुपर्छ। नयाँ इमेल केही पो आयो कि ? फेसबुक च्याटमा कसैले केही पो भनिरहेको छ की ? ट्वीटरमा के ट्वीट भइरहेको छ ? र अन्त्यमा भोली बिहान त उठ्नु नै छ, अलाम सेट त गर्नै पर्यो ! यस्तै यस्तै कारणले पनि सुत्नुअघि मोबाइल चलाउने गरिन्छ।
यसरी मोबाइलमा रमाउदै गर्दा रात छिप्पिन सुरु हुन्छ र शरिरलाई चाहिने आवश्यक निन्द्रा पुग्दैन। मनोरोग विशेषज्ञ भन्छन् निन्द्रा नपुगेपछिको पहिलो असर नै दिमाखमा पर्न सुरु हुन्छ।
सुत्नुअघि मोबाइलबाट इमेलरइन्टरनेट हेर्दैगर्दा स्त्रिनले दिने चमकले आखालाई चनाखो बनाइ राख्दछ। आँखाले आनन्द लिन थालेपछि मानिस रोमाञ्चित हुदै जान थाल्दछ, त्यतिन्जेलसम्म दिमाखपनि चनाखो नै भइबस्नुपर्ने हुन्छ।
सुत्नु भनेकै निरन्तर काम गर्दै आएका शरिरका कोशिकालाई आराम गर्न दिनु पनि हो। शरिरका कोशिकालाई आराम गर्न दिइएन भने टोक्सिन अर्थात एक प्रकारको बिष उत्पादन हुन सुरु हुन्छ। त्यसको प्रतक्ष्य असर दिमाखमा देखापर्दछ।
साधारणतया ७ देखी ९ घण्टा सुत्नको लागि समय चाहिन्छ। त्यो भन्दा कम सुत्ने मानिसमा ध्यान केन्द्रित गर्न नसक्ने, सम्झन सक्ने क्षमतामा ह्रास हुने, हेर्दा स्वस्थ्य नदेखिने (नेपाली उखानमा नुन खाएको कुखुरा जस्तो) समस्याहरु देखापर्दछ ।
राती १० बजे सुत्दै हुनुहुन्छ भने ९ बजे नै मोबाइल फोन प्रयोग गर्ने छाडिदिनु पर्दछ। एक घण्टापछि सुत्नको लागि तयार हुदैगर्दा दिमाखले आरामको लागि तयार हुन थाल्दछ र दिमाखलाई डिजिटल डोमेनले प्रभावमा राख्न पाउदैन।
बिजनेश इन्साइडले तयार पारेको यो भिडियोमा मनोरोग विज्ञानका प्रोफेसर डा डानियल सिगलले यसै भनेका छन्।


0 comments
प्रतिक्रिया दिनुहोस्...