-->
बागलुङमा बाढी बस्तीमा पसेपछि, पहिरोमा पुरिएर ११ जनाको मृत्यु ( फोटो फिचर ) -

पोखरा, २१ असार – केहि दिन यता परेको अविरल बर्षाको कारण विभिन्न जिल्लाका विभिन्न स्थानमा गएको बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको छ । मंगलबार मात्रै प्युठानमा ८ र गोर्खामा ३ गरि ११ जनाको मृत्यु भएको छ । बागलुङको पश्चिम देविस्थान र बोहरागाउँ गाविसमा गए राति आएको अविरल बर्षात र बाढीका कारण ३ घर बगाएको छ भने लाखौंको क्षती भएको छ । बाढी र पहिरोका कारण करिब ३५ घर उच्च जोखिममा रहेका छन् भने नदी किनारमा रहेका करिब १० घरधुरीका बासिन्दाहरु असुरक्षाको कारण विस्थापित भएका छन् ।
देविस्थान गाविसको देविस्थान बजारमा गए राति करिब १ः३० बजेको समयमा लेबाङ खोला उर्लिएर बाढी पस्दा बजारको झोलुङ्गे पुल छेउँका तीन घर बगाएको हो । स्थानीय जीत बहादुर कुँवरको घर पूर्ण रुपमा बगाएको छ भने हुम बहादुर गुरुङ र सुब्बासिंह सुनारको घर समेत आंशिक रुपमा बाढीले बगाएर लगेको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.