
मंगलबार दिउँसाे सर्लााहीकाे सुकुम्बासी बस्ती एकाएक रणमैदान पुग्याे । प्रहरीले सुकुम्बासी बस्तीमा अकस्मात गाेली चलाउन थालेपछि साे स्थान रणमैदान बन्न पुग्याे ।
सर्लाीहीकाे धरहारास्थित ढंग्रे खाेलमा रहेकाे सुकुम्बासी बस्तीमा प्रहरीले गाेली चलाउदा दुर्इसय भन्दा बढी घाइते भएका छन् र केहीकाे अवस्था गंभीर रहेकाे सुकुम्बासीहरूकाे भनार्इ रहेकाे छ ।
लामाे समयदेखि सकुम्बासीहरूले साे सार्वजनिक स्थानलार्इ उपभाेग गरेर भाेगचलन गरिरहेका थिए । तर, मंगलबार दिउसाे प्रहरीले एक्कासी बल प्रयाेग गरेर सुकुम्बासी बस्ती हटाउन शुरू गरेपछि प्रहरी र सुकुम्बासीबीच झडप भएकाे हाे।
सुकुम्बासीहरूले अाफुहरूमाथि प्रहरीले बल प्रयाेग गरेपछि त्यसकाे सामान्य प्रतिरक्षा गरेकाे तर प्रहरीले अन्धाधुन्द गाेली चलाएकाे अाराेप लगाएका छन् ।
प्रहरीले गाेली चलाएकामध्य केहीकाे अवस्था गंभीर रहेकाे स्थानीयहरूले बताएका छन् ।गंभीर घाइतेहरूलार्इ चितवन मेडिकल कलेजतिर लगिएकाे र केहीलार्इ उपचारमा समेत लैजान नसकेकाे घाइतेहरूकाे भनार्इ रहेकाे छ ।
जनताले पाउनु पर्ने आफ्नो नैसर्गिक अधिकारमध्ये गाँस, बाँस र कपासको मागमध्ये सर्लाहीको धरहरा सुकुम्बासी बस्तीमा बसेका सुकुम्बासीहरूलार्इ गाेली चलाएर सरकारले फाँसीवादी चरित्र प्रदर्शन गरेकाे छ ।
हिंसात्मक दमन गरेर ओली सरकारले जनताको न्यायपूर्ण अावाजमाथि बल प्रयाेग गरकाे छ ।
यसैबीच विप्लव माअाेवादी निकट जनवर्गीय संगठनहरूले सर्लाहीमा भएकाे सुकुम्बासीमाथिकाे अाक्रमणलार्इ कायरताकाे संज्ञा दिएका छन् ।
माअाेवादी निकट जबस माेर्चाहरू अखिल नेपाल किसान संघ क्रान्तिकारी, अखिल नेपाल महिला संगठन क्रान्तिकारी, अखिल नेपाल शिक्षक संगठन, अखिल नेपाल सुकुम्बासी संगठनलगायत माेर्चाहरूले सर्लाहीकाे घटना सरकारकाे दमनकारी कदमकाे घाेर भर्त्सना गरेका छन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...