-->
गिरान्चौर बस्तीलाई सहयोग जुटाउन र नेपालकाे मान बढाउन कतार जाँदै धुर्मुस सुन्तली

धुर्मुसले राष्ट्रिय ध्वजाबहाक विमानमार्फत कतार जाने बताएपछि सोहि अनुसार व्यवस्था गरेको आयोजक सास क्रियशनले जनाएको छ । नेपाल वायु सेवा निगमको विमानमार्फत कलाकारहरु धुर्मुस सुन्तली, नायिका तथा चलचित्र निर्मात्री रेखा थापा, हाँस्य कलाकार राजा राजेन्द्र पोख्रेल, लोक दोहोरी गायक राजु गुरुङ, लोक दोहोरी गायिका मुना थापामगर, डि आई डि सिजन ५ का फस्र्ट रनर अप निर्मल तामाङ, भोजपुरी नायिका तथा कुशल नृत्यांगना रानी चटर्जी, सिमा सिंह, भोजपुरी नायिका परिनिका शर्मा, कुशल कार्यक्रम संचालक सुशिल नेपाल लगायतका कतार जाँदैछन् ।
इदको दोश्रो दिन सनैया औधोगिक क्षेत्रको ३७ नम्बर एसियन टाउन स्थित ग्राण्डमलमा साँझ ६ बजेबाट सुन्तली धुर्मुस साँझ सुरु हुनेछ । कार्यक्रमबाट उठेको रकम खर्च कटाएर धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गरिने आयोजक कल्याण घिमिरेले बताएका छन् । दर्शकहरुले प्रत्यक्ष भेटेर नै गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि सहयोग गर्न सक्ने धुर्मुस सुन्तलीले बताएका छन् ।
एकै चोटी ६५ घरकै गारो उठ्दै, दशैँकै लागि बस्ती हस्तान्तरणमा दिनरात नै काम गरिने
वैशाख २९ बाट निर्माण कार्य थालनी भएको गिरान्चौरमा ६५ घरकै जग खनिसकिएको छ । तीन वटा ब्लकमा एकै हिसाबले काम गराउनका लागि आवश्यक मात्रामा डकर्मी, सिकर्मीको व्यवस्था पनि गरिसकिएको धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ । बस्तीमा सहज रुपमा निर्माण सामग्री ढुवानी गर्न सडक ग्राभेल गर्ने काम अन्तिम चरणमा छ ।
यद्यपी, सिमेण्ट, रडलगायतका निर्माण सामग्री केहि मात्रामा बस्तीमा पुगिसकेको छ भने कतिपय ढुवानीकै क्रममा रहेका छन् । सडक र पानी अभावका कारण काममा केहि ढिलाई भएपनि दशैँ अघि नै काम सम्पन्न गर्ने फाउण्डेशनको लक्ष्य छ । वर्षाका कारण अनेक समस्या उब्जीरहे पनि दिनरात काम गरेर भएपनि दशैँ सम्ममा बस्ती हस्तान्तरण गर्ने फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताएका छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.