असार ३१, भारतमा सुनको सर्ट लगाएर चर्चित भएका एक व्यक्तिको अपहरणपछि हत्या भएको छ ।
शुक्रबार बिहान सुनको सर्ट लगाएर चर्चामा आएका पुनेका दत्रातय फुगेलाई केही मानिसले अपहरण गरेर लगेको र ढुंगाले हानेर हत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
बिहिबार मध्यराततिर केही अपरिचित मानिसहरु घरमा आएर फुगेलाई लगेको फुगेकी पत्नी सीमाले बताएकी थिइन् । २ करोड रुपैयाँ पर्ने सुनको सर्ट बनाएर लगाएपछि फुगे चर्चामा आएका थिए ।
सर्टको डिजाइन बनाउन १६ कालिगढलाई १५ दिन लागेको थियो। फुगेको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरेको बताइएको छ । एजेन्सी


0 comments
प्रतिक्रिया दिनुहोस्...