झापा। नगद रु ४८ हजार ६ सय रुपैयाँ सहित झापाको बिर्तामोडबाट ७ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका – ६ निवासी रमेश विक सोही ठाउँका बिशाल थापा, दिपचन्द्र राई, गोकुल गिरी, प्रतिक श्रेष्ठ, पासाङ शेर्पा र बिर्तामोड नगरपालिका – १ का अरुण मण्डल रहेका छन् ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीको टोलीले बिर्तामोड नगरपालिका – ६ कृषि थोक बजारस्थित जनक कन्दङ्वाको डेरामा जुवा खेल्दै गरेको अवस्थामा खालबाटै पक्राउ गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडमा प्रहरी नायव उपरीक्षक खड्गवहादुर खत्रीले जानकारी दिनुभयो ।
विहीवार साँझ पक्राउ परेका उनीहरुका साथबाट तीन वुङ तास समेत बरामद गरेको जनाइएको छ । पक्राउ परेका सात जनालाई नै आज कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय झापा पठाइएको इलाका प्रहरी कार्यालय अनारमनीका डीएसपी खत्रीले जानकारी दिनुभयो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...