-->
नेपाली युवायुवतिले कुन उमेरमा गर्छन् पहिलोपटक यौनसम्पर्क ?

असार-३१, पछिल्लो समयमा बिभिन्न सामजिक सन्जाल, सन्चार माध्यामहरुको विकास संगै नेपालमा पनि यौन शिक्षा प्रभाव केहि हद सम्म सुदृढ बन्दै गएको अवस्था छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको तथ्याङ्कलाई आधार मानेर हेर्दा नेपालका १६ प्रतिशत महिलाले १५ वर्षमै पहिलोपटक यौनसम्पर्क राख्ने गरेको तथ्य फेला परेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण अध्ययनमा यस्तो तथ्य पत्ता लागेको हो ।
सर्वेक्षण प्रतिवेदनले महिलाहरुको कम उमेरमै विवाह हुने गरेकाले १५ वर्षको उमेरमै १६ प्रतिशत महिलाले यौनसम्पर्क राखिसकेको र पुरुषहरुको हकमा भने दुई प्रतिशत पुरुषले मात्र १५ वर्षको उमेरमा पहिलोपटक यौनसम्पर्क राख्ने गरेको आंकडा सार्वजानिक भएको छ । १८ प्रतिशत महिलाको विवाह १५ वर्षको उमेरमा नै हुने गरेकाले पहिलोपटक यौनसम्पर्क राख्ने महिलाको प्रतिशत सानो उमेर देखिएको हो’ प्रतिवेदनमा भनिएको छ, ‘सरकारले विवाहवारी वीस वर्ष पारी भनेर कार्यक्रम चलाएको धेरै वर्ष भएपनि अझै पनि आधाभन्दा बढी महिलाको विवाह २० वर्षभन्दा कम उमेरमा हुने गरेको पाइएको छ ।’
मन्त्रालयले हरेक पाँच वर्षको अवधिमा जनसांख्यिक स्वास्थ्य सर्वेक्षण सार्वजनिक गर्ने गरेको छ । सन् २०११ मा गरिएको यो अध्ययनले ५४ प्रतिशत महिलाले १८ वर्षको उमेरमा र ७२ प्रतिशतले २० वर्षको उमेरमा पहिलो यौनसम्पर्क राखिसकेको पनि देखाएको छ । यसैगरी पुरुषमा भने २५ प्रतिशतले १८ वर्षको उमेरमा र ४५ प्रतिशतले २० वर्षको उमेरमा पहिलो यौनसम्पर्क राख्ने गरेको देखाएको छ । ‘पहिलोपटक यौनसम्पर्क राख्ने महिलाको औसत उमेर १७.७ वर्ष रहेको छ भने पुरुषको औषत उमेर २०.५ वर्ष रहेको छ’ प्रतिवेदनमा भनिएको छ ।
अध्ययनले पुरुषको तुलनामा महिलाको विवाह सानै उमेरमा बढी हुने भएकाले पहिलो यौनसम्पर्कको उमेरमा फरक परेको जनाएको छ । प्रतिवेदनअनुसार नेपाली महिलामा पहिलो विवाह हँदाको औसत उमेर १७.५ वर्ष र पुरुषको विवाहको औषत उमेर २१.६ वर्ष रहेको छ । महिलाको शैक्षिक यौग्यता बढ्दै गएपछि विवाह गर्ने उमेरमा पनि वृद्धि हुँदैं गएको सरकारी प्रतिवेदनमा उल्लेख छ । यसै बिच महिलाको तुलनामा पुरुषको विवाह गर्ने उमेर ४ वर्षपछि रहेको समेत अध्ययनले प्रस्ट्याएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.