-->
महिला बलात्कार गर्ने शसस्त्र प्रहरी जवानलाई कारबाहीको माग गर्दै आन्दोलन

कपिलवस्तु, १ असार । बोल्न नसक्ने महिलालाई बलात्कार गर्ने सशस्त्र प्रहरी जवानलाई कारबाही गर्न माग गर्दै कपिलवस्तुबासीले पूर्वपश्चिम राजमार्ग बन्द गराएका छन् ।
३० जेठमा कपिलवस्तुको शिवराज नगरपालिका,१० कि बोल्न नसक्ने महिलालाई सशस्त्र प्रहरी बल विन्ध्यवासीनी गणका जवानले बलात्कृतर गरेका थिए । भैंसी चराउन गएकाबेला महिलालाई सशस्त्र प्रहरीका जवानहरुले हात खुट्टा बाँधेर पालैपालो बलात्कार गरेका थिए ।
हाल उनको स्वास्थ्य अवस्था नाजुक रहेपछि स्थानीय महिलाहरुले चन्दा संकलन गरेका छन् ।बलात्कारमा संलग्न भएको भन्दै बैतडीको बिसनपुर, ६ घर भएका जवान लोकराज वस्तीलाई मात्र प्रहरीले पक्राउ गरेको तर अन्यलाई उन्मुक्ती दिन खोजिएको भन्दै स्थानीयबासीले आन्दोलन थालेका छन् । हाल उनलाई बान्ता हुने, खाना नखाने, अर्धचेतन भएको जस्ता समस्या भएको बताईएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.