म ४५ वर्षीय विवाहित पुरुष हुँ । अहिलेसम्म स्वास्थ्यमा खासै समस्या देखिएको छैन । तर, कहिलेकाहीँ श्रीमती यौन सम्पर्कमा सन्तुष्ट नभएजस्तो लाग्छ । सम्पर्कपछि उनी ठुस्स पर्छिन् । यस्तो अवस्थामा म उनलाई कसरी सन्तुष्ट पार्न सक्छु ? केही उपाय बताइदिनुहुन्छ कि ?
डी
ढल्कँदो उमेरसँगै आफ्नो पार्टनरलाई सम्भोगमा सन्तुष्टि दिन कठिन हुँदै जान्छ । सम्भोगमा अक्षमताले दम्पतीबीच असमझदारी र तनाव त ल्याउँछ नै, यसले पुरुषको अभिमानमा पनि ठेस पुर्याउँछ । तपाईंले आफूलाई कुनै रोग नलागेको उल्लेख गर्नुभएको छ । यो राम्रो कुरा हो ।
पर्याप्त पोषिलाे खाना खानुहोस् । स्वस्थ र मजबुत रहनुहोस् । तपाईंको भोजनमा पोÈक तत्वहरू पर्याप्त भए भने तपाईंको यौन क्षमतामा वृद्धि हुन्छ र यौन जीवनलाई सुखी बनाउँछ । अण्डा, ओखर, फलफूल, माछामासु, दूध, सागपातजस्ता शक्ति दिने चिज नियमित खानुहोस् ।
नियमिति व्यायाम गर्नुहोस् । स्वस्थ पुरुष यौनिक रूपमा पनि तन्दुरुस्त नै हुन्छ । यौन इच्छा तथा यौन क्षमता बढाउन व्यायाम उत्तम उपाय हो । व्यायामले तनाव घटाउँछ र शरीरमा यौन हार्मोनको रूपमा रहेको टेस्टेस्टेरोन हर्मोनको उत्सर्जन बढाउँछ । धूम्रपान, मद्यपान गर्नुहुन्छ भने तत्काल छोडिहाल्नुहोस् । धूम्रपानले रक्त प्रवाहमा नकारात्मक असर पुर्याउँछ । यसले फोक्सोमा पनि असर गर्छ । यसले यौन क्षमता ह्रास गर्छ । त्यस्तै मद्यपानले पनि यौन उत्तेजनामा असर गर्छ ।
हस्तमैथुन गर्नुहुन्छ भने ठिक्क मात्रामा गर्नुहोस् । श्रीमतीसँग नियमित यौनसम्पर्क गर्नुपर्ने अवस्थामा हस्तमैथुन नगरेकै राम्रो हुन्छ । सम्भोगका लागि सही आसन छनोट गर्नुपर्छ । आसनमात्र नयाँ अपनाउनाले पनि यौन जीवनलाई सुखमय बनाउन मद्दत गर्छ । कहिलेकाहीँ मुखमैथुन पनि गर्न सक्नुहुन्छ । यसले पार्टनरबीच मनोवैज्ञानिक खुलापन र निकटतालाई बढाई यौन सम्बन्धलाई सुखमय बनाउ"छ ।
तपाईं श्रीमतीलाई यौन आनन्द प्राप्त भए, नभएको विषयमा सोध्नुहोस् । यस्तो अवस्था मनमा कुरा गुम्साएर राख्नु हुँदैन । चरम यौन सन्तुष्टिका लागि धेरै उपाय छन् । शीघ्र स्खलनको समस्या छ भने श्रीमतीका स्तन तथा योनीलाई जिब्रोको टुप्पाले चलाएर उनलाई उत्कर्षमा पुर्याएपछि यौन सम्पर्क सुरु गर्नुहोस् । उहाँले चरम आनन्द पाउनुहुनेछ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...