-->
भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तान पछार्दै नेपाल दोश्रो

काठमाण्डु, २७ जेठ– नेपालमा पछिल्लो समय तराई–मधेस आन्दोलनका कारण अहिंसा र अशान्ति छाएता पनि नेपाल दक्षिण एसियाकै दोश्रो शान्त मुलुकको सूचीमा परेको छ । विश्वमा भने नेपाल १६३ देशमध्ये ७८ औँ स्थानमा छ ।
भिजन फर ह्युम्यानिटीको सन् २०१६ ग्लोवल पिस इन्डेक्सका अनुसार नेपाल भुटान पछि दक्षिण एसियामा दोश्रो शान्त मुलुकको रुपमा रहन सफल भएको हो ।
रिपोर्टमा मधेस आन्दोलनलाई संकेत गर्दै पछिल्लो समय केही अशान्ति बढेता पनि नेपाल दक्षिण एसियाका अन्य मुलुक भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तान भन्दा शान्त मुलुक भएको बताइएका छ ।
सर्वेक्षमा क्रमशः बंगलादेश, श्रीलंका, भारत, पाकिस्तान र अफगानिस्तान तेश्रो, चौथो, पाँचौ, छैटौ र सातौ स्थानमा छन् ।
विश्वको सबैभन्दा शान्त मुलुकमा क्रमशः आइसल्याण्ड, डेनमार्क, अस्ट्रीया, न्युजिल्याण्ड, पोर्चुगल १ देखि पाचौँ स्थानसम्म रहेका छन् । दक्षिण एसियाबाट भुटान शान्त मुलुकमा विश्वकै १३ औँ स्थानमा रहन सफल भएको छ ।
सर्वेक्षणले नेपालको शान्ति सकोरमा सुधार भएको देखाएता पनि समग्र विश्व भने अशान्त हुादै गएको देखाएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.