-->
खुमबहादुरलाई उपसभापति बनाउने देउवाको चाहनामा कसले मार्दैछ लात ?

काठमाण्डु, २७ जेठ– गत फागुनमा सम्पन्न १३ औँ महाधिवेशनबाट शेरबहादुर देउवालाई सभापतिमा विजयी गराउन नेता खुमबहादुर खड्काको निकै ठूलो हात छ । तर, महाधिवेशनअघि आफूलाई उपसभापति बनाउने गरी भएको सहमति कार्यान्वयन गर्न देउवाले ढिला गरेको भन्दै यतिबेला खड्का फाएर छन् । पार्टीभित्र राम्रो पकड भएका नेताका रुपमा चिनिने खड्का फाएर भएपछि देउवालाई टेन्सन हुन थालेको छ ।
वर्तमान परिस्थितिमा खड्कालाई उपसभापति दिँदा भोलीका दिनमा देउवालाई नै घाटा लाग्ने उनीनिकट नेताहरुले बताउन थालेपछि देउवा दोधारमा परेको कांग्रेस स्रोत बताउछ ।
त्यसो त महाधिवेशन ताका देउवाले खड्कासँगै अर्का नेता विमलेन्द्र निधिलाई समेत उपसभापति दिने आश्वासन दिएकाले समस्या आएको अर्को थरीको बुझाई छ ।
एक नेताले काठमाण्डु टुडेसँग कुरा गर्दै भने, ‘उहाँहरु दुवैजना महामन्त्रीका लागि राजि हुनुहुन्न । दुवैलाई उपसभापति चाहिएको छ । अहिले यसलाई पदमात्र नभएर प्रतिस्थाको विषय बनाइएकाले समस्या आएको हो । तर, केही दिनमै यस समस्याको हल हुनेछ ।’
यसैबीचमा देउवाले खड्कालाई उपसभापति दिनका लागि आफू निकट कार्यकर्तासँग गरेको छलफलमा उनलाई सो पद नदिन दबाब बढेको छ । भने खड्का निकटबाट उपसभापति नदिए राम्रो नहुने संकेत देउवाले पाइसकेका छन् ।
यस्तोमा देउवा कसलाई उपसभापति दिने भन्ने दोधारमा छन् । एक केन्द्रीय सदस्यका अनुसार उनी निधि आफू निकट भएकाले उनलाई फकाउन सजिलो हुने निचोडमा पुगेका देउवा खड्कालाई उपसभापति बनाउने अन्तिम तयारीमा लागको बताउछन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.