काठमाण्डु, २७ जेठ– नायिका प्रियंका कार्की नेपाली फिल्म क्षेत्रमा चर्चित नायिका हुन् । उनलाई यस क्षेत्रमा पूर्णरुपमा ‘परफेक्ट’ नायिकाको रुपमा समेत लिइने गरेको छ । तर, विभिन्न कारणले उनी बेलाबेलामा चर्चामा आउने गर्छिन् ।
यसै सन्दर्भमा बिहीबार उनले इस्टाग्राममा रोखको एक भनाइले उनको आलोचना भएको छ ।
प्रियंकाले बिहीबार दिउसो एक कोट्स राखेकी थिईन् । जसमा लेखिएको थियो, ‘मानिसहरु मलाई मन पराउछन् भने मलाई त्यसको कुनै मतलब छैन यदि कुकुरहरु मन पारउछन् भने म त्यसको मतलब राख्छ् ।’
उनको यस पोस्टमा आलोचनात्मक कमेन्ट गर्दै धेरैले मानिसहरुलेनै माया गरेर उनी यहाँसम्म आएको बताएका छन् । कतिपयले उनले स्वार्थी स्वभाव देखाएको त कतिले उनलाई मूर्खता दर्साएको भन्दै कमेन्ट गरेका छन् ।
काठमाडौं टुडे बाट


0 comments
प्रतिक्रिया दिनुहोस्...