-->
यस्ता छन्, बिहान उठ्ने बित्तिकै खाली पेटमा पानी पिउनुका फाइदा

बिहान उठेपछि एक लिटर पानी दैनिक पिउने बानी गर्नाले अनेकौं रोगबाट छुट्कारा पाउन सहयोग मिल्छ। मानिसको स्वास्थ्य राम्रो बनाउन पानीको निकै महत्व हुन्छ। बिहान खाली पेटमा पानी पिउनुको महत्व अझ धेरै छ। आयुर्वेददेखि आधुनिक चिकित्सा पद्दतिले खाली पेटमा पानी पिउनु महत्वपूर्ण हुन्छ भन्छन्। बिहान बिछ्यौनाबाट उठेपछि कमसेकम चार गिलास अर्थात् १ लिटर पानी पिउनुपर्छ। यसबाट तपाईंको पाचन प्रणाली दुरुस्त हुन्छ। साथै अन्य रोगबाट पनि बचाउँछ।
दैनिक बिहान खाली पेटमा पानी पिउने प्रक्रिलाई वाटर थेरापी ट्रिटमेन्ट भनिन्छ। पानी पिउनुभन्दा एक घण्टा अघि या पानी पिएपछि एक घण्टापछि केही खानुहुन्न। ठोस खाद्यपदार्थ त झनै खानुहुन्न। सुरुमा एक लिटर पानी पिउनु गा¥हो लाग्न सक्छ। तर, बिस्तारै यसको बानी पर्नेछ। पहिलो दुई गिलास पिउनुहोस् । दुई मिनेट रोकिनुहोस् र त्यसपछि फेरि दुई गिलास पिउनुहोेस्। सुरुमा पानी पिएको दुई घण्टामा दुई या तीनपटक पिसाब लाग्न सक्छ। तर, बिस्तारै यो समस्या पनि हराएर जान्छ।
जापानमा हरेक बिहान उठेपछि पानी पिउने चलन छ। यसका अलावा वैज्ञानिकहरुले पनि अनुसन्धानबाट पानी स्वास्थ्यका लागि उपयोगी हुन्छ भन्ने प्रमाणित गरिसकेका छन् । जापानको मेडिकल सोसाइटीका अनुसार वाटर ट्रिटमेन्टको सहयोगले पूरानो र गम्भीर रोग पनि ठीक गर्न सकिन्छ । यसका अलावा टाउको दुखाई, शरीर दुख्ने, आर्थराइटिस, मुटुको तेज गति, छारे रोग, ब्रोङकाइटिस, दम, टीबी, मेनिन्जाइटिस, मिर्गौला र पिसाबसंग सम्बन्धी रोगलाई पानीकै माध्यमबाट निको पार्न सकिन्छ।
यतिमात्र नभई बान्ता, ग्यास्ट्रिक, डायरिया, मधुमेह, कब्जियत, आँखाको समस्या, क्यान्सर, महिलाको महिनावारीमा हुने अनियमितता, कान, नाक र घाँटीसम्बन्धी समस्यालाई पनि पानीमार्फत् नियन्त्रण गर्न सकिन्छ।
वाटर ट्रिटमेन्टका साथ नियमित औषधि सेवन गर्न भने नछाड्नुहोस्। औषधिमा परिवर्तनका बारेमा आफैंले निर्णय गर्नुपूर्व चिकित्सकको सल्लाह लिनुहोस्। गम्भीर रोगका सन्दर्भमा यो विधिलाई सहायकका रुपमा मात्र लिनुहोला।
तर, सबैभन्दा राम्रो कुरा के भने यो विधिको कुनै साइडइफेक्ट हुँदैंन। धेरैपटक पिसाब लाग्नेबाहेक यसको कुनै असर हुँदैंन। पानी पिउनुलाई नियमित रुटिनमा समावेश गर्नु राम्रो हुन्छ। यसले तपाईंको रोग भगाउनुका साथै फूर्तिलो राख्न पनि सघाउन पु¥याउँछ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.