-->
प्रत्यक्ष प्रशारण गरेर आत्महत्या

वैशाख ३० – फ्रान्समा एक युवतीले एन्ड्रोइड मोवाइल एप्लिकेशन मार्फत भिडियो लाइभ स्ट्रिमिङ (प्रत्यक्ष प्रशारण) गरेर आत्महत्या गरेकी छन् । १९ वर्षकी ती युवतीले मंगलबार स्मार्टफोनमा भिडियो स्ट्रिमिङ गर्ने एप्लिकेशन पेरिसकोप मार्फत लाइभ भिडियो स्ट्रिमिङ गरेर आत्महत्या गरेकी हुन् । ती युवतीले फ्रान्सको राजधानी पेरिसबाट ४० किलोमिटर दक्षिण तर्फको एक रेल स्टेनमा रेलमुनि हामफालेर आत्महत्या गरेकी हुन् । घटनाको विषयमा अनुधन्धान सुरु भएको फ्रान्सका अधिकारीले बताएका छन् । ती युवतीले आत्महत्या गरेको भिडियो अहिले भने पेरिस्कोपमा उपलब्ध छैन ।
पेरिस्कोप मातृसंस्था ट्वीटरले व्यक्तिगत एकाउन्टका बारेमा कमेन्ट गर्न नसक्ने बताएको छ । ती युवतीले आत्महत्या गर्दै गरेको भिडियोमा आफूमाथि बलात्कार भएको बताएकी थिइन् ।
उनले आफूमाथि बलात्कार गर्नेको नाम पनि लिएकी थिइन् । ती युवतीको स्मार्टफोनको डाटा लक गरिएको र यस विषयमा अनुसन्धान भइरहेको स्थानीय अधिकारीले बताए छन् ।
– उज्यालोअनलाइनबाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.