-->
नवसामन्तयुगका केही नाइकेहरुले देशमा लुटतन्त्र मच्चाइरहेका छन् : लोकमानसिंह कार्की

काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले नेपाली जनतालाई आश्वसनको पोको बाँडेर नवसामन्तयुगका केही नाइकेहरुले देशमा लुटतन्त्र मच्चाइरहेको आरोप लगाएका छन् ।
अख्तियारका प्रमुख आयुक्त कार्कीले बिहीबार काठमाडौंमा एक सार्वजनिक कार्यक्रममार्फत राजनीतिक परिवर्तनको नाममा सत्ता चलाउनेको अनुहार परिवर्तन गरेर मात्र मुलुकको विकास सम्भव हुने भन्दै उनले लोकतन्त्र प्राप्त भएपनि आम जनताले त्यसको महसुस गर्न नपाएको बरु मुलुकमा सीमित केही व्यक्तिको बोलवाला बढेको बताए ।
यसका लागि राजनीति र राजनीतिक संरक्षणमा भइरहेको लुटतन्त्र रोक्न सबै नेपाली एकजुट हुनपर्ने आवश्यक रहेको उनले बताएका छन् ।
कार्यक्रममा उनले लोकतन्त्रमा नेता र जनता सबै बराबर हुने भन्दै नेताहरुलाई छानविनको दायरामा ल्याउँदा दलहरुबाट विरोध हुनु आपत्तिजनक भएको बताए ।
राजनीतिक दलका नेताहरुलाई अकुत सम्पति आर्जनको अभियोगमा छानविनको दायरामा ल्याउँदा भएको विरोधप्रति उनले चर्को असन्तुष्टि पनि जनाएका छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.