-->
आइतबारदेखि उपत्यकाका चोकमा गएर यी कुरा नसुने जीवन बर्बाद होला है !

काठमाण्डु, २६ वैशाख-नेपाल रेडक्रस सोसाइटी र ट्राफिक प्रहरीको संयुक्त आयोजनामा आइतबारदेखि सडक सुरक्षा सप्ताह सुरु भएको छ ।
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले देशका प्रमुख सहरमा सडक सुरक्षा सप्ताह सुरु भएको हो । सो सप्ताहमा काठमाण्डु उपत्यकाका कालीमाटी, कलङ्की, थापाथली, माइतीघर, बानेश्वर, दरबारमार्ग, गङ्गबँ, सातदोबाटो, पुल्चोक, ग्वार्को, लगनखेल, सूर्यविनायक, जगाती, सल्लाघारी, ठिमी लगायत स्थानमा र विभिन्न जिल्लाका प्रमुख चोकमा ट्राफिक प्रहरी र रेडक्रसका स्वयम्सेवकले पर्चा, पम्प्लेट वितरण र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दैछन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता राजेन्द्रप्रसाद भट्टले सडक सुरक्षामा सवारी चालक वर्षैभरि लाग्नुपर्छ भन्दै यो सप्ताहले सवारी दुर्घटना केही कमी ल्याउने बताउछन् । उनी भन्छन्, ‘यो सप्ताहमा सामान्य नागरिकलाई समेत समावेश गछौँ र सडक सुरक्षासम्बन्धी जनचेतना दिन्छौँ ।’
सप्ताहभर सडक सुरक्षासम्बन्धी रेडियो कार्यक्रम, कविता र निबन्ध वाचन, सडक नाटक, जनचेतनामूलक कार्यक्रम आयोजना गरिने ट्राफिक प्रहरीले जनाएको छ । कार्यक्रम काठमाण्डु, भक्तपुर, ललितपुर, कैलाली, बाँके, रुपन्देही, कास्की, चितवन, मोरङ, धनुषा, झापा, सप्तरी, पर्सा र मकवानपुरमा चल्नेछ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.