-->
जव बाबुराम संसद छिर्न खोज्दा सुरक्षाकर्मीले फर्काए …

२६ बैशाख, काठमाडौं ।
एमाओवादी परित्याग गर्दा सांसद पद पनि परित्याग गरेका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई पद त्याग पछि पहिलो पटक संसद भवन प्रवेश गरेका छन् । सरकारको नीति तथा कार्यक्रम सुन्नका लागि बाबुराम संसद पुगेका हुन् ।
‘सरकार फेर्न भारतीय चलखेल भयो’
पदत्याग गरेका बाबुराम संसदमा छिर्ने बेलामा भने रमाइलो भयो । सर्वसाधारणको लाइनबाट संसदभवन प्रवेश गर्न खोज्दा बाबुरामलाई सुरक्षाकर्मीले फर्काइदिए । कारण उनी विशिष्ठ ब्यक्तिको लाइनबाट जानु पर्थ्यो ।
उनलाई सुरक्षा कर्मीले फर्काएर विशिष्ठको लाइनमा प्रवेश गराएका थिए । आज संसदमा ओली सरकारको तर्फबाट राष्ट्रपति विद्या भण्डारीले नीति तथा कार्यक्रम सार्बजनिक गर्दैछन् ।
संसदमा जानु अघि बाबुरामले राम्रा कार्यक्रमको स्वागत र नराम्रा कुराको आलोचना गर्ने बताएका छन् ।nepaliheadlines


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.