-->
२०७२ मा भूकम्पले ध्वस्त पारेको नेपालका लागि अर्को दुःखद् खबर

भद्रपुर, २६ वैशाख– नेपाल रेडक्रस सोसाइटी झापाद्वारा आयोजित दैवीप्रकोप उद्धार समितिका लागि पूर्व सूचना प्रणाली र विपद् जोखिम न्यूनीकरण गोष्ठीमा जलवायु परिवर्तनले प्रकृतिमा देखिएको परिवर्तन एवम् प्रभावबाट मानवजीवन जोखिममा पर्न गएको सन्दर्भमा प्रशिक्षण दिइयो ।
विपद्बाट समाजका मानिसलाई कसरी जोगाउन सकिन्छ भन्ने विषयमा प्रशिक्षक कृष्ण बस्यौलाले जानकारी दिए ।
सो अवसरमा प्रजिअ मदन भुजेलले मौसममा आएको परिवर्तनले ल्याएको खडेरी, बाढी जस्ता प्रकोपबाट तत्काल जोगिन जोखिम क्षेत्रमा मानिस चनाखो भएर बस्नुपर्ने बताए ।
रेडक्रस झापाका सभापति लोकराज ढकालले जलवायु परिवर्तनले विश्वमा नै त्यसको प्रभाव भएकाले नेपाल अन्य मुलुकभन्दा बढी जोखिममा रहेको छ भने। रासस


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.