-->
आफ्नो पहिचान पाएपछि तेस्रो लिङ्गीको खुसीको सिमा छैन

रुपन्देही, २० वैशाख – आफूहरुको पहिचान खुल्ने गरी नागरिकता पाएपछि यहाँका तेस्रो तथा समलिङ्गीहरु खुसी भएका छन् ।
बषौँँदेखि आफूहरुको पहिचान खुल्ने गरी नागरिकता पाउनुपर्ने माग गर्दै आएका यहाँका तेस्रो तथा समलिङ्गीले संविधान जारी भएपछि नागरिकता लिन सजिलो भएको अनुभव गरेका छन् । उनीहरुले नागरिकता नियमावली–२०६९ लागू भए पनि नागरिकता लिन विगतमा कठिन रहेको तर नयाँ संविधान लागू भएपछि भने सहजता भएको बताएका छन् ।
यस्तो पहिचान खुलाएर रुपन्देहीबाट एकजनाले नागरिकता र एकजनाले राहदानी लिएका छन् । अन्य आठजनाले लिने तयारी गरिरहेको बुझिएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका बस्ने यमबहादुर राना (आनिक)ले वैशाख ५ गते महिला या पुरुष लेख्नुपर्ने स्थानमा (अन्य) लेखेर नागरिकता प्राप्त गरे । यस्तै बुटवल उपमहानगरपालिका सन्तु पुन मगरले ९ओ० लेखेर राहदानी प्राप्त गरे । यस क्षेत्रमा क्षेत्रमा लामो सयमदेखि काम गरिरहेको संस्था ब्ल्यू डाइमन सोसाइटी रुपन्देहीका संयोजक मनिक न्यौपानेले दुईजनाले पाएपछि अन्य आठजनाले नागरिकता लिने तयारी गरिरहेको जानकारी दिए ।
रुपन्देहीमा करिब चार हजार तेस्रोलिङ्गी तथा समलिङ्गी रहेको सोसाइटीको अनुमान छ । तेस्रोलिङ्गीले नागरिकता लिँदा गाविस वा नगरपालिकाबाट आफूहरु महिला वा पुरुष नभई तेस्रोलिङ्गी भएको सिफारिस ल्याएमा जिल्ला प्रशासन कार्यालय कार्यालयबाट नागरिकता लिन सकिने छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले पछिल्लो नागरिकता ऐनअनुसार प्रक्रिया पु¥याएर आउने जुनसुकै लिङ्गीको नागरिक भए पनि आफूहरुले नागरिकता प्रदान गर्ने बताए ।
सोसाइटीका अनुसार पश्चिमाञ्चल क्षेत्रको कास्कीबाट पाँचजना र बाग्लुङबाट एकजनाले नागरिकता पाइसकेका छन् । रुपन्देहीका यही वैशाखमा नागरिकता लिनुभएका यमबहादुर राना (आनिक)ले पटक पटक जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा नागरिकताका ताकेता गर्दा पनि नपाएपछि सर्वोच्च अदालतमा मुद्दा दायर गरेको गरे ।
स्वास्थ्य जाँचको प्रतिवेदनविना तेस्रोलिङ्गी तथा समलिङ्गीलाई नागरिकता दिन नसक्ने जवाफ आफूहरुले पटक पटक पाएको स्मरण गर्दै राना भन्छन्, ‘अहिले सहज रुपमा मेरो नागरिकता प्राप्त भएको छ । सबै साथीहरुका लागि यो ठूलो उपलब्धि हो ।’ सर्वोच्चमा दायर गरिएको मुद्दा फिर्ता लिने या अदालतबाटै खारेज गर्न लगाउने विषयमा कानुन व्यवसायीसँग छिट्टै छलफल गरी टुङ्गामा पुग्ने उनीहरुले बताए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.