जाकार्ता, २० वैशाख । इन्डोनेसियाको पश्चिमी लाम्पुङ्ग प्रान्तमा सुमात्रा द्वीपमा सोमबार ६.१ रिक्टर स्केलको भूकम्प गएको छ ।
स्थानीय भू–गर्भ अध्ययन संस्थाले यस भूकम्प ६.१ रिक्टर स्केलको मापन गरिएको जानकारी दिएको समाचारमा उल्लेख गरिएको छ ।
सो भूकम्प जाकार्ताको स्थानीय समयाअनुसार सोमबार विहान ११:२१ मा गएको थियो । यस भूकम्पको केन्द्रविन्दु ताङ्गगाम्असहरबाट २३ किलोमिटर दक्षिणपश्चिममा भू–सतहबाट ११५ कि.मी गहिराईमा रहेको जनाइएको छ ।
इन्डोनेसियालाई भूकम्पीय प्रकोपले सताउने गर्दछ । यस भूकम्पपछि सुनामीको चेतावनी भने नदिइएको प्राप्त समाचारमा जनाइएको छ ।
यस भूकम्पबाट मानवीय र भौतिक क्षतिको कुनै विस्तृत समाचार भने प्राप्त नभएको जनाइएको छ । रासस/सिन्ह्वा
dainiknepal


0 comments
प्रतिक्रिया दिनुहोस्...