-->
भारतबाट फर्किएपछि देउवाले प्रचण्डलाई राखे धर्मसंकटमा पार्ने प्रस्ताव;


भारत विरोधी मोर्चा गठन गर्दै केपी शर्मा ओलीलाई सरकार प्रमुख बनाउन सबैभन्दा महत्वपूर्ण भूमिका खेलेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धर्म संकटमा पार्ने प्रस्ताव आएको खुलासा एमाओवादीका एक उच्च नेताले गरेका छन् । हेडलाइन्ससँगको कुराकानीमा ती नेताले भारत ओली सरकारको विकल्प खोज्न ब्यग्र रहेको र ओली सरकार विस्थापित गर्नका लागि कांग्रेस सभापति शेर बहादुर देउवाबाटै प्रचण्डलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आएको खुलासा गरेका हुन् । एमाओवादी भित्र पनि भारतको प्रत्यक्ष हस्तक्षेपमा ओली सरकार ढल्नु अघि नै आन्तरिकरुपमा ओली सरकारको विकल्प खोज्ने निष्कर्षसहित छलफल चलिरहेको जानकारी समेत ती नेताले दिएका छन् ।
दिल्ली परामर्सपछि काठमाडौं फर्किए लगत्तै देउवाले प्रचण्ड नेतृत्वको सरकार बनाउने प्रस्ताव राखेको तर प्रचण्डले यस्तो प्रस्ताव एमाले सहितको सहमतिमा आए मात्र सोंच्न सकिने जवाफ दिएको नाम उल्लेख नगर्न आग्रह गरेका ती नेताले हेडलाइन्सलाई जानकारी दिए । ओली सरकारको विकल्प खोज्नै पर्ने निष्कर्षमा एमाओवादी समेत पुगिसकेको खुलासा गर्दै ती नेताले नेपाली राजनीतिक पहलमा नै ओली सरकार विस्थापति होस् भन्ने चाहाना एमाओवादीको रहेको बताए । ओली सरकार बनाउन प्रमुख शुत्राधार बनेका प्रचण्ड ओली सरकारका मात्र होइन तेश्रो ठूलो दलको नेताको हैसियतमा नेपाली राजनीतिकै किङमेकर हुन् । ओली सरकारले भारत विरोधी माहौल कायम गरे सम्म सरकार ढाल्न सकिन्न भन्ने कुरा दक्षिणी छिमेकीले पनि राम्रैसँग बुझेको छ । तर भारत विरोधी माहौल बनाउने प्रमुख शुत्राधार प्रचण्डलाई नै प्रधानमन्त्रीको अफर दिएपछि भने यो सरकार ढाल्न सजिलो हुने साउथ ब्लकको निष्कर्ष छ ।
त्यही निष्कर्ष अनुसार नै दिल्ली पुगेका देउवालाई तत्काल प्रधानमन्त्री बनाउन नसकिने संकेत दिइएको थियो । ओली सरकार विरोधी माहौल बनाउने जिम्मा दिल्लीबाट पाएका देउवाले आफ्नो पक्षमा माहौल नहुँदा ओली सरकार ढालेर कांग्रेसलाई सत्तामा लैजान प्रचण्डलाई प्रधानमन्त्री बनाउन समेत तयार भएको ती नेताले बताए । ओली सरकारको प्रमुख खम्बा रहेका प्रचण्डलाई नताने सम्म सरकार ढाल्न नसकिने र प्रधानमन्त्री भन्दा कमजोर प्रस्तावमा प्रचण्डले सरकार नछोड्ने निश्चित भएकाले प्रचण्डको विकल्पमा जान भारत समेत तयार भएको बताइएको छ ।
भारतसँग पङ्गा लिइरहेको ओली सरकारको विकल्पमा आफूलाई उँभ्याउन भरमग्दुर प्रयत्न गरिरहेका देउवा त्यसकै राजनीतिक पृष्ठभूमि तयार गर्न दिल्ली गए र राजनीतिक भेटघाटमा सक्रिय भएका थिए । यद्यपी उनले सोंचेको स्तरको भेटघाट र प्रतिक्रिया पाउन भने असमर्थ रहे । श्रोतका अनुसार देउवा भारतमा विदेशमन्त्री सुष्मा स्वराज बाहेकका शीर्ष नेतासँग भेट्न असफल मात्र भएनन् कांग्रेस सरकारकै पालामा मधेश समस्या शुरु भएको र त्यसको समाधानका लागि ठोस आधार तयार नभए सम्म देउवा विकल्प हुन नसक्ने संकेत सुष्माले दिएपछि निराश बनेर फर्किएका थिए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.