काठमाडौं–गर्भपतन गर्ने चक्की सेवनपछि पाठेघर फुटेर एक महिला परोपकार प्रसुति अस्पतालमा उपचाररत छिन् ।
उनले कुनै चिकित्सकको सल्लाहले होइन, पसलले दिएको भरमा त्यो औषधि आएकी थिईन् ।मिफेस्प्रिटोन, मिजोप्रोस्टोल लगायतका औषधि किनेर खाई ज्यान जोखिममा पार्नेहरुमा उनी एक्ली होइनन् ।
प्रसुति गृहमा त्यस्ता समस्या लिएर दिनहुँ एक दुई जना पुग्ने गरेका छन् । गर्भपतनको चक्की डाक्टरको सिफारिस बिना बेचे ५ वर्ष कैद हुने प्रावधान छ भने १२ सातासम्मको गर्भलाई पतन गर्न मिल्छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...