-->
करिश्मा मानन्धर एकाएक कता बेपत्ता ?

काठमाडौं । बाबुराम भट्टराईको नयाँ शक्ति नेपालमा लागेर ठूलाठूला कुरा गर्दै हिँड्ने अभिनेत्री करिश्मा मानन्धर र अभिनेता सरोज खनाल आजकाल बेपत्ता छन् । राजनीतिमा लागेपछि आलोचना सहदै आएका उनीहरू फिल्मबाट विस्थापित भएको आरोप छ ।
नयाँ शक्ति नेपालका एकदुई कार्यक्रममा सँगै देखिएको यो जोडीको काठमाडौंको फिल्मी बजारमा सोधीखोजी सुरू भएको छ । युवा अवस्थाभरि अमेरिकामा बसेर कमाएर नेपाल फर्किएका सरोज खनालले फिल्म बनाउने र कलाक्षेत्रमा लाग्ने गफ दिँदै आएका थिए । सरोजका सुरुवाती दिनका ती गफ हावा रहेको नेपाली कला क्षेत्रमा कुरा हुन थालेको छ ।
फिल्म क्षेत्रतिर करिश्मा मानन्धरको पनि आजकाल विश्वा गर्न छाडेका छन् । फिल्ममा लागेर कला क्षेत्रको विकास गर्ने बताउने गरेकी करिश्मा मानन्धर एकाएक बेपत्ता भएपछि उनलाई विश्वास गर्नेहरू कम हुँदै गएका छन् ।
करिश्मा र सरोजको यो चालादेखेर धेरै कलाप्रेमीहरू आश्चर्यचकित परेका छन् । यो जोडीले बाबुराम भट्टराईलाई राजनीतिक रुपमा कित उभो लगाउने हो भविश्यले बताउनेछ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.