काठमाडौं, ३१ वैशाख । संघीय गठबन्धनको सिंहदरबार घेराउको आन्दोलनमा सत्तारुढ दल एकीकृत माओवादीका स्थायी समिति सदस्य गोपाल किरातीले पनि सहभागिता जनाउने भएका छन् ।
संघीय समाजवादी फोरम नेपालको मुख्यालयमा आज आयोजित संघीय गठबन्धनको पत्रकार सम्मेलनमा पुगेका स्थायी समिति सदस्य किरातले भन्नुभयो, ‘संविधानसभाले गर्न नसकेका कुरालाई संस्थागत गर्ने आन्दोलन हो । यसले यसले राष्ट्रिय सहमतिका लागि मुलुकलाई अगाडि बढाउछ ।’
संघीय गठबन्धनको सिंहदरबार घेराउको कार्यक्रममा सहभागी हुनुअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कुरा गरेको बताउनुभएका किरातले भन्नुभयो, ‘गठबन्धनको आन्दोलनलाई वार्ताबाट टुङ्ग्याउन भनेको छ । यदि दमन भयो भने मन्त्रीहरूको जागिर जान्छ भनेर धम्की दिएको छु ।’
एमाओवादीका नेता किराती नै सिंहदरबार घेराउमा संलग्न भएपछि सबैतिर प्रचण्डको आलोचना सुरु भएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...