गोरखा । आफ्नै छोरीलाई बारम्बार बलात्कार गर्ने गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
नौ वर्षीया छोरीलाई लामोसमयदेखि यौनशोषण गरिरहने गोरखा नगरपालिका ११ दैरे टारका ४४ वर्षका चक्रबहादुर (नाम परिवर्तन) लाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।
आइतबार उनीविरुद्ध जबरजस्ती करणी तथा हाडनाता करणीको महल अन्तर्गत मुद्धा दर्ता गरी अनुसन्धान प्रकृया सुरु गरिएको प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्र थापाले जनाकारी दिइ ।
उनले छोरीलाई विगत दुई महिनादेखि करकापमा पारेर पाटपटक योन शोषण गर्ने गरेको खुलेको छ ।
यसबारे सूचना पाएपछि प्रहरीचौकी र १२ किलाले आन्तरिक रुपमा अनुसन्ध्नान गरिरहेको थियो ।
पीडित बालिकाकी आमाको जाहेरीको आधारमा प्रहरी नायब निरीक्षक उदय केसीले चक्रबहादुर लाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा पेस गरेका थिए । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...