-->
जोडी बेडरुम छिरेपछि यस्ता छन गर्न हुने र नहुने सात काम

एजेन्सी । तपाई शायद विश्वास गर्नु हुन्न होला तर कतिपय अवस्थामा अवस्थामा सुत्नुअघिका यस्ता बानीका कारण श्रीमान श्रीमतीबीच सम्बन्ध विच्छेदसम्मको स्थिति पैदा हुन सक्दछ ।
हरेक ठाउँको आ–आफ्नै नियम र सर्तहरु हुन्छन् । त्यसरी नै बेडरुममा पनि यस्ता कुराको निकै ख्याल गर्नु आवश्यक छ। कतिपय अवस्थामा अन्जानमै भएको गल्तीबाट पनि सम्बन्ध धरापमा पर्न सक्छ । यस्तो अवस्थामा यी कुरालाई ध्यान दिएर तपाई आफ्नो वैवाहिक जीवनलाई सफल राख्न सक्नु हुनेछ ।
१. यदि तपाइ दुई जनाको सुत्ने समय अलग अलग छ भने सबैभन्दा पहिलो यो बानीमा सुधार ल्याउनुस् । कोशिस गर्नु कि तपाई दुवै जनाको सुत्ने समय एउटै होस् ।
२ सुत्नुअघि तपाईको हातमा मोबाइल नहोस्, बेडरुममा टीभी राख्नबाट बच्नुस् । सम्भव भउ एउटा म्युजिक प्लेयर राख्नुस ताकि राति सुस्त संगीतको मजा लिन सकियोस् । सुत्नुअघि ल्यापटप, मोबाइल र टेलिभिजनमा समय बिताउनुभन्दा त्यो समय आफ्नो पार्टनरका साथ बिताउनु लाभदायी हुनेछ ।
४. काम गर्ने मेड, कार्यालयको राजनीति, आफन्तजनको कुरा गर्नुभन्दा उत्तम यो समयलाई तपाई एकअर्कासँग कुरा गरेर बिताउनुस् । प्रेममय कुराले तपाईको सम्बन्धलाई थप बलियो बनाउने काम गर्नेछ ।
५ एकअर्कामाथि पूरा ध्यान दिनुस् । तपाईको ससाना प्रशंसा पनि पार्टनरका लागि ठुलो महत्व राख्दछ । कोशिस गर्नुस् कि सुत्नुअघि तपाई उनका लागि कति महत्व राख्नु हुन्छ भन्ने महशुस गराउनुस ।
६. अलग अलग तरिकाले प्रेम प्रकट गर्नुस् । छोएर, प्रशंसा गरेर प्रेम अभिव्यक्त गर्नुस् ।
७. गुडनाइट किस गर्न नभुल्नुस् । यस्ता स–साना कोशिसहरुले माहौललाई थप सकारात्मक बनाउनेछ । साथै तपाई दुई जनाबीचको सम्बन्धलाई पनि बलियो बनाउनेछ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.