एजेन्सी–मानव जातिले निर्माण गरेका संसारका सबैभन्दा महंगा संरचनाहरु के–के हुन् । अहिलेसम्म मानव जातिले ती मानवीय भौतिक संरचनाहरुमा कति लगानी गरे र ती कहिले स्थापना गरेका हुन् । ती मानवीय भौतिक संरचनाहरु बारेमा हामीले संक्षिप्तमा उल्लेख गरेका छौं ।
बीबीसी लेख्छ, मानवजातिले निर्माण गरेका मध्ये संसारकै सबैभन्दा महंगा भौतिक संरचनाहरु यस्ता छन् :
१. बेलायतको दक्षिण–पश्चिममा निर्माण भएको आणविक पावर स्टेशन मानवजातिले निर्माण गरेका सबैभन्द महंगा भौतिक संरचनाहरुमध्ये एउटा हो । पछिल्लो समयमा पर्यावरणीय मुद्धाहरु हेर्दै आएको ग्रीनसीप भन्ने अन्तर्राष्ट्रिय संस्थाको दाबी अनुसार यो स्टेशन निर्माण गर्न करिब ३५ अर्ब डलर (२२ सय पचास अर्ब रुपैयाँ) खर्च गरिएको छ ।
२.दुबईमा अवस्थित बुर्ज खालिफा संसारकै अग्लो भवन हो । यो पनि मानव जातिले निर्माण गरेका महंगा भौतिक संरचनाहरुभित्र परेको छ । बुर्ज खालिफा निर्माण गर्न १.५ अर्ब डल लागेको बताइएको छ । यो दुवईमा अवस्थित छ ।
३.त्यस्तै, सान फ्रान्सिस्कोमा अवस्थित एउटा पुल मानव जातिले निर्माण गरेका संसारका सबै पुलहरुभन्दा महंगो पुल हो । यसको निर्माणका लागि ६.५ अर्ब डलर खर्च लागेको थियो । त्यस्तै,फ्रान्स र स्वीजरल्याण्डको सीमानामा निर्माण भएको १७ माइल लामो विशाल हार्डन कोलाइडर पनि महंगो भौतिक संरचनाहरुमध्ये एक हो । अन्तरिक्षको रहस्य जान्नको लागि निर्माण भएको यो स्टेशन निर्माणका लागि ५.८ अर्ब डलर खर्च भएको बताइएको छ ।
४.त्यस्तै, मिश्रको विशाल पिरामिड पनि मानव जातिले निर्माण गरेका महंगा भौतिक संरचानहरुमध्येमा एक हो । ४५ सय वर्षपहिले निर्माण गरिएको अनुमान गरिएको यी पिरामिड पृथ्वीको एउटा आश्चर्यको विषय पनि बन्दै गएको छ । सन् २०१२ मा टर्नर कन्ट्रक्सन कम्पनीले यो संरचना निर्माण गर्न १.१ देखि १.३ अर्ब डलर लागेको अनुमान गरेको छ ।
५.त्यस्तै, चीनको ग्रेट वाल पर्खाल पनि मानवजातिले निर्माण गरेका महंगा भौतिक संरचनाहरुमध्ये एक हो । चीनको प्राचीन इतिहासका अनुसार चिनियाँहरुले युद्धका बेला दुश्मनबाट जोगिन यो पर्खाल निर्माण गर्न थुप्रै श्रम र पसिना बगाएको बताईन्छ । ५५ सय माइल लम्बाई भएको यो पर्खाल पृथ्वीका केही आश्चर्यमध्ये एक हो । यसको सवालमा एउटा छुट्टै रोचक प्रसंग पनि भेटिएको छ । चन्द्रमाबाट मानव जातिले निर्माण गरेको यो भौतिक संरचनालाई देख्न सकिने वैज्ञानिकहरुको दाबी छ । यो निर्माणको एथेष्ट खर्च तथ्यांक बाहिर नआएपनि यसको निर्माणमा थुपै्र अर्ब खर्च भएको हुनसक्ने अनुमान गर्न सकिन्छ ।
६.त्यस्तै, साउदी अरबको मक्कास्थित मस्जिद हरमको जिर्णोदारको खर्च पनि उत्तिक्कै महंगो देखिएको छ । त्यसका लागि त्यहाँको शाही परिवारले मात्र २३ अर्ब डलर खर्च गरेको तथ्यांक बाहिर आएको छ, यसलाई आधार मान्दा यो संरचना पनि मानव जातिले निर्माण गरेका महंगा संरचनाहरुमध्ये पर्दछ ।
७.त्यस्तै, हङकङमा सन् १९९८ मा बनेको हङकङ अन्तर्राष्ट्रिय विमानस्थल पनि महंगा संरचनाहरुमा परेको देखिएको छ । एउटा कृत्रिम टापुमा बनेको यो संरचना निर्माण गर्न त्यसबेला नै २० अर्ब डलर लागेको थियो । अहिले त्यो बजेट २९ अर्ब डलर हुने आउने बताइएको छ । त्यस्तै, अष्ट्रेलियामा निर्माण भएको गोरगोन प्राकृतिक ग्याँस प्लान्ट निर्माण गर्न पनि ५४ अर्ब डलर खर्च लागेको तथ्यांक बाहिर आएको छ । अष्ट्रेलियाको उत्तर–पश्चिम तटमा निर्माण भएको र मौजुद रहेको ग्यास उत्पादनको काम भने भर्खर मार्चदेखि शुरु भएको बताइएको छ ।
८. अन्तत, पृथ्वीकै सबैभन्दा महंगो मानवीय भौतिक संरचनामा भने अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन नै भएको दाबी गरिएको छ । अमेरिकाले निर्माण गरेको यो स्टेशनको निर्माण खर्च १ सय १० अर्ब डलर लागेको बताइएको छ । यो स्टेशनको खर्च आणविक शक्ति स्टेशनको तुलनामा तीन गूणा बढी महंगो रहेको समेत बताइएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...