
भनिन्छ, नेपालको राजतन्त्रको इतिहासमा राजा वीरेन्द्र र उनको परिवारको छुट्टै पहिचान थियो ।
राजघराना आफैमा सामन्तवादी रुग्न सोचबाट प्रभावित हुने भएतापनि वीरन्द्रको व्यक्तिगत छविका कारण उनलाई केही उद्धार राजा मानिन्थ्यो । यद्यपि, रानी ऐश्वर्य भने बढी घमण्डी र हैकमवादी भएका समाचारहरु बाहिर आइरहन्थे । वीरेन्द्रको परिवारका अन्य सदस्यहरुका बारेमा त्यति धेरै कुराहरु बाहिर आउदैनथे ।
युवराज दिपेन्द्रका रोमाञ्चक कहानी बाहिर आउथे भने छोरी श्रुतिका बारेमा त्यति धेरै कुराहरु बाहिर आउँदैनथे । राजा वीरेन्द्र र रानी ऐश्वर्यकी एकमात्र छोरी श्रुति आफैमा सुन्दरी त छँदैथिइन्, त्यसमा पनि धेरै कुरा बाहिर नआएपछि धेरैलाई खुल्दुली हुन्थ्यो । श्रुति दरबारभित्र आफ्नै संसारमा रमाउथिन् ।
त्यसैलाई संकेत गर्ने एउटा रोमाञ्चक भिडियोलाई हामीले प्रस्तुत गरेका छौ । भिडियोमा एउटा विदेशीले फोटो खिच्दा उनको हात समात्न खोजेको देखिन्छ । तर उनले त्यसलाई लज्जालु ढंगले इन्कार गरेकी छन् । सो दृष्यपछि संगै रहेकी महिला समेत अल्मलिएको देखिन्छ । हेरौ श्रुतिको फोटो सेसनको यो दूर्लभ भिडियो दृष्य:


0 comments
प्रतिक्रिया दिनुहोस्...