-->
स्मार्टफोन र कम्प्युटरको जमाना अन्त्य हुँदै ! आउन लाग्यो एआई !

काठमाडौं । के अब संसारबाट स्मार्टफोनको अन्त्यको दिनगन्ती सुरु भएको हो ? विगत १३ वर्ष देखि एप्पलको पहिलो पटक बिक्री घटेको खबरका कारण यो प्रश्न उब्जिएको हो । गुगुल सीईओ सुन्दर पिचईलाई मान्ने हो भने यो डिभाइसको अवधारणा धुमिल हुनेवाला छ ।
पिचईको भविष्यवाणी अनुसार कम्प्युटर्सको स्थानमा आर्टिफिशियल इन्टेलिजेन्स (एआई) वाला असिस्टेन्ट्सले लिनेछ । पिचईले यो कुरा गुगलको वार्षिक संस्थापक पत्रमा भनेका हुन् ।
पिचईको पत्रका भनिएको छ की, ‘सिर्फ एक दशक अघिसम्म कम्प्युटिङको ठूलो कम्प्युटरलाई मानिन्थ्यो जसले हाम्रो डेक्समा राखिन्थ्यो । तर, केही वर्षमै कम्प्युटिङ प्रोसेसर्स तथा सेन्सर्स यति सानो र सस्तो भयो हुन्छ की सुपरकम्प्युटर्सलाई खल्तीमा राख्न सकिने छ ।’
पिचई अझै भन्छन्, ‘भविश्यलाई हेर्नको भने अगाडि निकै ठूलो कदम हुनेछ की ‘डिभाइस’को धारणा धुमिल बन्नेछ ।’ ‘कम्प्युटर जस्तो सुकै स्वरुपमा भएपनि तपाईंलाई इन्टेलिजेन्ट असिस्टेन्टले पूरा दिन सहयोग गर्नेछ’, पिचई दावी गर्छन । हामी अब ‘आर्टिफिशियल इन्टेलिजेन्स पहिलो वर्ल्ड तर्फ अघि बढेको उनको भनाइ छ । एजेन्सी


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.