-->
११ देखि ३० हजार रुपैयाँसम्मका सिजीका फ्रिज

गर्मी बढेसँगै बजारमा फ्रिजको माग बढ्दो छ। समयसँगै फ्रिजको डिजाइन र विशेषताहरु पनि थपिदै गएका छन्। विगतको समयमा बजारमा उपलब्ध हुने फ्रिज र अहिलेको फ्रिज हेर्दा निकै फरक देख्न सकिन्छ। डिजाइन, विशेषता, विद्युत् खपत आदी कुरा मात्र हेरेर उपभोक्त फ्रिज खरिद गर्ने गर्छन्।
सिजीले नेपाली बजारमा निकै राम्रो स्थान बनाइसकेको छ। सिजी ब्राण्डका इलेक्ट्रोनिक्स सामान ग्राहकले निकै रुचाउने गरेको सिजी ब्राण्डका सिनियर एक्जिक्युटिभ राम सागर यादवले बताए।
सिजी ब्राण्डका ६० लिटरदेखि २५० लिटरसम्मका विभिन्न डिजाइनका फ्रिज बजारमा उपलब्ध छन्। सिजी ब्राण्डका फ्रिजको मूल्य ११ हजार रुपैयाँदेखि ३० हजार रुपैयाँसम्म छ। कम विद्युत् खपत, स्टेबेलाइजरको प्रयोग गर्नु नपर्ने, सुहाउँदो मूल्य यसका विशेषता हुन्। यी फ्रिजको विद्युत खपत पनि निकै कम छ। फ्रिजले न्यूनतम ६० वाट विद्युत खपत गर्छ।
‘कम विद्युत खपत गुर्न भनेको निकै राम्रो कुरा हो,’ उनले भने, ‘अब त उपभोक्ताले विद्युतको लागि चिन्ता गर्नु पर्ने विषय छैन। नेपाल जस्तो ठाउँमा विद्युतको बचत निकै महत्वपूर्ण छ। कुनै पनि इलेक्ट्रोनिक्स उत्पादनले यदि कम विद्युत खपत गर्छ भने यो निकै राम्रो हो। साथै कुनै पनि इलेक्ट्रोनिक्स सामानलाई २२० भोल्टको आवश्यकता पर्छ। तर सिजी ब्राण्डका फ्रिज १३५ भोल्टदेखि नै प्रयोग गर्न सकिन्छ। साथै फ्रिजले १ घण्टामा भित्र नै आईस जमाउने क्षमता राख्छ।’
‘हामीसँग विभिन्न क्षमता र डिजाइनका फ्रिज उपलब्ध छन्,’ यादवले भने, ‘डिजाइन मात्र होइन उत्कृष्ट विशेषताका साथ फ्रिज उपलब्ध छन्। आफ्नो आवश्यकता अनुरुप उपभोत्ताले खरिद गर्न सक्छन्। पहिलेको फ्रिजमा भित्री भागमा आई जम्ने समस्या हुन्थ्यो। तर अहिले नयाँ प्रविधिको फ्रिजमा अटो डिफ्रस्ट सुविधा छ। यसले जमेको आईसलाई आफैँ पगाल्ने काम गर्छ।’
प्रविधि सँगसँगै कम्पनीले आफ्ना उत्पादनमा सुधार गर्दै उपभोक्ताको चाहनालाई पुरा गर्ने गरेको उनले बताए। कम्पनीले घरायसी प्रयोजनका साथै व्यापारी प्रयोजनका लागि उपयुक्त हुने विभिन्न प्रकारका चेस्ट फ्रिजर पनि उत्पादन गर्ने गरेको छ।
सिजी ब्राण्डका १ सय १० लिटरदेखि ६ सय लिटरसम्मका चेस्ट फ्रिजरका १५ वटा मोडल उपलब्ध छन्। विषेश गरी यस्ता फ्रिजरको प्रयोग आईक्रिम पसल, मासु पसल र बेकरी पसलमा हुने गर्छ। विभिन्न डिजाइन भएको यी फ्रिजरको मूल्य २६ हजार रुपैयाँदेखि ८३ हजार रुपैयाँसम्म पर्छ।
‘घरायसी होस् वा व्यापारीक प्रायोजन हामीसँग सबैलाई उपयुक्त हुने फ्रिजहरु उपलब्ध छन्,’ यादवले भने, ‘नेपालमा सबैभन्दा बढी विक्री हुने भनेकै सिजी ब्राण्डको चेस्ट फ्रिजर हो। कम्पनीको गुण्स्तर र विश्वसनियताका कारण उपभोक्तले हाम्रो सामान मन पराएका हुन्।
चेस्ट फ्रिजरको कम्प्रेशरमा ३६ महिनाको वारेन्टि भएको र यो नेपालमा पहिलो पटक सिजी ब्राण्डले दिएको उनले बताए। ‘कुनै पनि कम्पनीले हालसम्म चेस्ट फ्रिजरका कम्प्रेशरमा यती समयसम्मको वारेन्टी दिएको छैन। हामी हाम्रो उत्पादनमा विश्वस्त छौँ। त्यसैले हामीले यो सुविधा प्रदान गरेका हौँ,’ यादवले भने।
सिजी ब्राण्डका फ्रिजको मूल्य यसप्रकार छः
मोडल नं मूल्य (रुपैयाँमा)
मोडल नम्बर मूल्य रुपैयाँमा

CG-D260M २९५९०

CG-D260B २८९९०

CG-S240HP २५९९०

CG-S225M २०७९०

CG-S200M १९७९०

CG-S200B १८२९०

CG-S180M १७७९०

CG-180B १७१९०

CG-S160M १६४९०

CG-S100P १२७९०

CG-S60P १०९९०


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.