-->
यस्ता छन् रिंकुका सपना !!

पर्सा, वैशाख ३०-रिंकु एकाएक चर्चामा आइन्। अभिभावकले इच्छाविपरीत विवाह गर्न खोजेपछि परिवारकै बिरूद्ध विद्रोह गरिन्। घर नै त्यागिन्। त्यसयता उनको चर्चा झनै चुलियो, आजको कान्तिपुरमा शंकर आचार्यले खबर लेखेका छन्।
उनी अब सामाजिक विकृति र कुरितिविरूद्ध लड्न प्रहरी सेवामा प्रवेशको तयारी गरिरहेकी छन्। उनको अधिकांश समय माइती नेपाल आवधिक गृहमा प्रहरी सेवाको परीक्षाको तयारीमा बितिरहेको छ। चैत २४ गते यता उनी माइती नेपालकै आवधिक गृहमा आश्रय लिएकी छन्।
प्रहरी सहायक निरीक्षक (असई) बन्ने रहर पालेकी उनले कम्तिमा बिबिएस उत्तिर्ण गर्ने धोको छ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.