काठमाडौँ, २३ बैशाख । राजधानीमा विहीबार भयानक दुर्घटना भएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१४ जोपाटीस्थित दक्षिणढोकामा ना.४ ख १००६ नम्वरको पानी ट्याङकरले बा.३८ प ६०८७ नम्वरको स्कुटरलाई बिहीबार ठक्कर दिँदा स्कुटरमा सवार कागेश्वरी मनहरा नगरपालिका–१० मुलपानी घर भएकी ३७ बर्षीया बिमला खनालको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा स्कुटर चालक मृतक खनालका श्रीमान ४६ बर्षीय गोपाल खनाल घाइते भएकोले उपचारको लागि संखरापुर अस्पताल लगिएको छ ।
उक्त ट्याङकरलाई स्थानीय बासिन्दाले तोडफोड गरी क्षति पुर्याउनुका साथै प्रहरीमाथि ढुङामुडा गरेकोले स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले टियर ग्यास फायर गरेको थियो । उ
उक्त झडपमा १६ जना प्रहरी कर्मचारीसमेत घाइते भएकोले उपचारको लागि संखरापुर अस्पतालमा उपचार भइरहेको छ ।
प्रदर्शनकारीले हानेको ढुङ्गा लाग्दा बौद्ध सिआरभीको बा.१ झ ७८७५ नम्बरको गाडीका साइडलाइटका शिशाहरु तथा बडिप्रोटेक्ट सिल २ थान फुटेर क्षति भएको छ । ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...