काठमाण्डु, २२ वैशाख– ‘उसले अर्कै श्रीमती ल्याएर बच्चा पनि पाइसक्यो, अब तपाईलाई फर्काएर लाँदैन उमेर छ । आफ्नो व्यवस्था मिलाउनुहोस् । छोरालाई पढाउने र अरु कुरा के के चाहिने हो भन्नुस्, कानुनी रुपमानै अलग हुँदा बेस ।’ प्रचण्ड परिवारको तर्फबाट दूतको रुपमा प्रस्तुत भएजस्तो नलाग्ने गरी पोखरेली पूर्वसभासद रामकाजी गुरुङ ‘किरण’ ले सिर्जना त्रिपाठीसमक्ष यस्तो प्रस्ताव राखेका छन् ।
तर, प्रकाश दहालसँग अलग्गिएर कास्कीको हेम्जास्थित माइतीमा बस्दै आएकी सिर्जनाले चाहिँ प्रचण्डकी बुहारी भएरै मर्ने, एमाओवादी पार्टीमै क्रियाशील रहने तर डिभोर्स नदिने जवाफ फर्काएकी छन् । पार्टी श्रोतका अनुसार उनी भन्छिन्, ‘धेरैले मलाई बहुविवाहको मुद्दा हाल्न सल्लाह दिएका छन् तर मैले बा (प्रचण्ड) को मुख हेरेर उजुरी हाल्नेबारे सोचेकीसम्म छैन । उहाँले मलाई छोरीको जस्तो व्यवहार गर्नुहुन्थ्यो, मेरो पीडा सुन्नुहुन्थ्यो । ’ जनआस्थाबाट


0 comments
प्रतिक्रिया दिनुहोस्...