काठमाडौं, बैशाख २९– आज दोस्रो पटक भुकम्पको धक्का गएको छ । दिउँसो २ बजेर ३७ मिनेट जाँदा गोरखा केन्द्रबिन्दु भएर ४.५ रेक्टरस्केलको भुकम्पको धक्का गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि आज बिहान पनि धादिङ केन्द्रबिन्दु भएर ४.४ रेक्टर स्केलको भुकम्पको धक्का गएको थियो ।
गत वर्ष गएको बिनाशकारी भुकम्पपछि हालसम्म पनि धक्काहरु जाने क्रम रोकिएको छैन ।


0 comments
प्रतिक्रिया दिनुहोस्...