-->
परदेशीका श्रीमतिको ओछयानमा पोखिएको मेरो बैँश

रात भरिको अनिदो र रक्सिको ह्यागंओभरले दिनभरि ओछ्यान छोडन मन लागेन । बिहानको खाना पनि खाईन आज । ४ बज्यो, साईलेन्समा राखेको मोबाईल हेर्दा एउटै नम्बरबाट ३ पटक फोन आएको देखे । नँया नम्बर थियो, कल ब्याक गरे । एउटा नारी आवाजले सोध्यो, “सुरेश हो ?”
“हो, को बोल्नु भएको ?”
अलि अल्छि पारामै भनेछु क्यारे, उसले थाहा पाएझैं गरि सोधि, “सुतिरहेको हो कि क्या हो ?”
“अँ, सुति राको छु,” छोटो उत्तर दिएँ ।
“एक्लै ?” उसले मुस्कान मिसाएर प्रश्न गरी ।
हाँस्दै सोधे, “को बोलिरहेको ? नचिनेको मान्छेलाई म कहाँ सबथोक भन्छु र ।”
“चिनजानको लागि नै निम्ता दिन फोन गरेको ।” उ फेरी हाँसी ।
मेरो एउटा बानी बसिसक्यो कोहि केटी जीस्केर बोल्न खोज्यो भने तिमी नै भनेर बोलिदिने ।
“के हो तिम्रो नाम ? अब निम्ता नै दिन फोन गरेको भए भेन्यु पनि बताउ । आतिथ्य सत्कारमा कस्तो तयारी छ ?”
अल्छि लागिरहेको थियो, कुरालाई लम्ब्याउन मन लागेन ।
“कहाँ बस्छौ तिमि ?” सिधा प्रश्न गरे ।
“शोभा भगवती मन्दिर नजिकै । डल्लु पनि भन्छ यो ठाउँलाई ।”
“को को बस्छौं ?” मैले उसको बारेमा धेरै थोरै थाहा पाउन खोजें ।
“के हो ? भेटनु अगाडि बायो डाटा नै दिनु पर्ने हो कि क्या हो ?” उ अलि झर्किए झैं गरि बोलि ।
मैले आफ्नो आशय उसले थाहा नपाओस भनेर चलाखि गरें, जिस्किए झैं गरेर । “अनि सोध्नु परेन त, फेरि तिमिले किडन्याप गर्यौ भने के गर्ने ?”
उ उत्ताउलि भएझैं गरि बोलि, “२/४ घण्टा किडन्याप नै गर्छु म, त्यसपछि छोडिदिन्छु ।”
के भनौं भनौं भयो र आईडिया लगाएं । “आउन त आउँथे बाईकमा पेट्रोल छैन, पैशा पनि छैन आज, त्यसैले अर्को दिन भेटौं जस्तो लाग्यो ।” मैले पैशा माग्ने तरिका अपनाएको थिएँ ।
“कतै खोजेर आउनु न म फर्कदा दिन्छु, ”उसले सजिलै भनि ।
“तिमीसँग टन्नै छ क्या हो पैसा ?” म पनि अब ईनफर्मल बनें ।
“तपाँई र मलाई पुग्छ” उसले फेरी एउटा हाँसो फ्याकी ।
“घर नै हो तिम्रो यहाँ ?” मैले उसको पैसाको अनुमान लगाउन खोजें । अनि को को बस्छौ, फेरी सोधें ।
“फल्याट लिएर बसेको छु । म र छोरा छोरी बस्छौं, छोरा छोरीको स्कूल छुटि छ, त्यसैले मामाघर पठाईदिएं, श्रीमान कुवेतमा हुनुहुन्छ ।”
दुईवटा बच्चाकी आमा रहिछे, कति बर्षकी होला जस्तो लागेर सोधे, “कति बर्षका भए तिम्रो छोरा छोरी ?” सिधै तिमि कति बर्षकी भयौ भनेर सोध्न ठिक नलागेर प्रश्न गरेको थिएँ ।
“बाबु ७ बर्षको नानि ५ बर्षकी ।”
मनमनै उसको उमेरको अन्दाज लगाएं, फेरी मन मानेन । यहाँ देखि गयो ५/६ सय दिएर पठाई भने झुरै हुन्छ ।
अर्को आईडिया फुर्याे फेरी, यसलाई मेरो नम्बर दिने को रहेछ ? मेरो लागि खर्च गरेकी आईमाईले दिएकी हो भने, उसले यो केटिलाई पनि मेरो बारेमा भनेकि होलि । म कुनै बेला डिमान्ड नै गर्छु भनेर ।
सोधे, “कसले दिएको तिमिलाई मेरो नम्बर ?”
“हिजो राती जो सँग बस्नु भएको थियो उसैले” उसले जवाफ दिई ।
“म २ घण्टामा आईपुग्छु । शोभा भगवती मन्दिर सम्म लिन आउ म चिन्दिन नत्र ।”
उसले हुन्छ भनेर फोन राखी । साँझ ६ बजे मन्दिर अगाडिबाट फोन गरें । उसले चिनिहाली अनुहारका केहि भाग पोतोले ढाकेकी त्यो महिला करिब ३३ बर्षकी थिई । होचो कद र मोटो ज्यूले देख्नासाथ मनै खिस्रिक्क भयो ।
आफैलाई सम्झाए, के भयो र गर्लफ्रेन्ड बनाउने होईन क्यारे ।
उ मेरो भिआर बाईकमा सकी नसकी उक्लीई ।
उसको फल्याट गतिलै गरि सजाईएको थियो । भित्र पस्नासाथ उसले अंगालो हाल्दै भनि, “कति नखरा गरेको आउनलाई ।”
उसको शरिरबाट नाकै छेड्ने गरि परफ्युमको कडा बास्ना निस्कियो । कुन परफ्युम थियो, अनुमान लगाउन सकिन ।
“के खान्छौ ?” उसले पनि तिमि भनि अहिले ।
“केहि खाँदिन,” अलि भाउ खोजेझै सोफामा बस्दै भनें ।
“मलाई त भोक लागेको छ,” उसले आखाको भावभंगिमा नखरा पोत्दै बोली, ह्यान्डसम रहेछौ ।
मलाई यहाँ धेरै बेर बस्न मन थिएन । रातभरी त कुनै हालतमा बस्दिन भन्ने थियो, हिजो रातिको अनिदोले ।
“के गर्छौ तिमि अरु ?” उसले टाँस्सीदै सोधि ।
“केहि गर्दिन, तिमिहरुको सेवा गर्नमै ठिक्क छ” अलि अलि हाँसो मिसाएर भने ।
“भित्रको बेडमा हिड,”उसले अनुरोध र आदेश दुवै दिएझैं गरेर बोली ।
उसको ध्यान म मा थियो, मेरो ध्यान उसको पैशामा त्यसैले ढीलो गरिन ।
२ घण्टा उसँग बिताएँ, म निस्कनु भन्दा १५ मिनेट पहिला उसको बुढाको फोन आयो ।
यस्तै ३ मिनेट जति गुनासो र गन्थन गरि सकेपछि ल ल अरु सबै ठिक छ भन्दै उसले फोन राखी ।
“आज यतै बस न” फेरी मलाई अनुरोध गरी ।
“होईन यार, कोठामा गाउँको १ जना साथि आउँदैछ, अर्को दिन आउँछु” मैले बहाना बनाएं ।
पैशाको लागि पर्खि रहेको थिएँ, उसले कुरा लम्बयाउन थालेपछि मुखै फोरेँ, “खै पैशा देउन यार म जान्छु ।”
“कति पैशा लिन्छौ ?” उसले अप्ठेरो प्रश्न गरी ।
कति भुनं भनुं भयो मलाई, “तिमिलाई भनेको होला नि हिजोको दिदीले” मैले सजिलो तरिका अपनाए ।
उसले ४ हजार दिंदै भनि, “अहिले यति नै छ आउदै गर” पैशाको टेन्सन नलेउ ।
२ घण्टामा ४ हजार कमाई राम्रै हो जस्तो लाग्यो, उसँग बिदा भएर फर्किए । ठमेल गएर एउटा चिनिराखेको थकाली भान्छा घरमा गएर खाना खाएर कोठमा फर्किए ।
सुत्न अघि फेरी अघिकी आईमाईलाई सम्झिए, नाम पनि सोध्न भुलेछु । उसँगै पालैपालो अरु आईमाईलाई पनि सम्झिए ।
३ बर्ष अघि चिनेकी हङकङमा ब्यापार गरि बस्ने एक ब्यापारीकी श्रीमतीको साथ मैले छोडेको छैन । उसैले किनिदिएकी हो अहिलेको भिआर बाईक पनि । यस भन्दा अगाडि मैले २ वटा बाईक चेञ्ज गरें । उ जस्तै २ वटी अधबैशे आईमाई पनि मेरा नियमित दाता हुन ।
एउटाको श्रीमान युकेमा बस्छ, अर्कीको श्रीमान खाडि मुलकमा कामदार लैजाने र त्यहाँ काम खोज्ने एजेन्ट हो । त्यो एजेन्टको बुढीलाई भेट्न म उसको घर जांदिन उ नै आउँछे मेरो फल्याटमा । ति छोडनै न मिल्ने ग्राहक हुन मेरा ।
कहिले एउटा देश त कैले अर्को देशमा मान्छेको रोजगारी मिलाउन हिड्ने एजेन्टको श्रीमती संगको भेटको प्रशंग पनि रमाईलो छ । एकदीन मेरो एकजना साथीले जुम्वा डान्सको बारेमा सुनायो । उत्तउलो केटाहरुको एउटा नराम्रो बानी, जुन ठाउँमा जे देखेपनि कुराको कुनै न कुनै भागमा केटीको प्रशंग जोड्न पुग्छन् । त्यो साथीले जुम्वा डान्सको क्लासमा राम्रा राम्रा बिहे भएका केटीहरु पनि आउँछन् संगै डान्स गर्न रमाईलो हुन्छ भनेर मेरो मनलाई बढावा दिने शैलीले सुनायो ।
उसले कुन ठाउँमा जुम्वा डान्स सिकाईन्छ पनि भन्यो । एकपटक जानै मन लाग्यो सुनेर । पर्सिपल्ट गएं, त्यसले भनेझंै असाध्यै राम्रा केटी कोहि देखिन । प्राय सबै आईमाई शरिरको तौल घटाउन आएका थिए । एउटी केटी मेरो नजरमा परि । २७ बर्ष जतीकी उ हेर्नमा राम्री नै थिई । बोलचालको क्रम बढाउन ३ दिन जुम्वा क्लास गएं । तेस्रो दिन उ संग कुरा भयो र हामी फेसबुक फ्रेण्ड बनेउँ ।
त्यतीबेला सम्म एउट किचन र एउटा सुत्ने बस्ने कोठा लीएको थिएं । काम चलाउ सामान मात्र थियो । उ त्यो दिन म संग बसेर गएपछि साँझमै फोन गरेर खुशिको खवर सुनाई ।
“एउटा राम्रो फ्ल्याट लिअ । म भाडा तिरीदीन्छु ।”
मैले फ्ल्याट खोजें उसैले सजाई उ आउने मेरो फ्ल्याट । करिब हप्ताको २ पटक आएर ३/४ घण्टा बिताउछे उ । वरिपरिका छिमेकी र घरबेटी आमाको अगाडि म उसलाई दिदि भनेर बोल्छु ।
भोजपुरको एउटा गाउँबाट एसएलसी पास गरेर काठमाण्डौं छिरेको मैले त्रिचन्द्र कलेजबाट आई.ए. पास गरें । ब्याचलर भर्ना भएपनि कटाउन सकिन ।
ति दिन सम्झदा मन अझै भारी हुन्छ, जब काठमाण्डौंको सुरुको दिनमा नयाँ बजारको गल्लि भित्रको अध्यारो कोठामा कति साँझ भोकै सुत्थें म । कोठाको अवस्था जस्तो भएपनि म बाहिर हिडदा ठाट्टिएरै हिडथें । खाजा र खानाको पैशा कटाएर कपडा किन्थे म । त्रिचन्द्र क्याम्पस छिरेको एक महिनामै धेरैैसँग चिनजान बढाएँ । अधिकांशले मेरो पर्सनालिटी र जिउ डालको खुलेरै प्रशंसा गर्थे । आफ्नो क्लास र अरु क्लासका ४/५ जना केटिले मलाई मन पराउने कुरा साथिहरुले सुनाउँथे ।
अरुले मेरो आत्मिय ब्यवहार, मिठो बोलिचाली र आर्कषक ब्यक्तित्वको तारिफ गरेपनि मेरो घर र काठमाण्डौंको कोठाको अवस्था बिरक्त लाग्दो थियो । आई ए पढ्दा खेरीका २ बर्ष मैले यो शहरमा बढो दुखले बिताएं ।
काठमाण्डौ आएको तेस्रो बर्षको दशैमा गाउँ जान लाग्दा सँगैको सिटमा बसेकी २७ बर्षकी युवतीसँगको चिनजानले जिवन नै बदली दियो । धरान जान लागेकी त्यो युवती हङकङको ब्यापारिकी श्रीमति थिई । त्यो भेट एक रातको बस यात्राको भएपनि त्यसपछिका दिनमा उसको सहयोगले म काठमाण्डौं टिक्न सकें । यस कारण आज पनि म उसको अनुरोधलाई टार्न सक्दिन । त्यसपछिका सबै जना प्रायः बिदेश बस्नेहरुका श्रीमति छन् जसले मलाई हुने खानेको छोरो जस्तो बनाईदिएका छन् ।
तिनिहरु सँगको भेटमा मैले सुन्ने गरेको गुनासोमा कसैका श्रीमान टाढा हुँदा खेरिको एक्लो पन, कसैको आफु भन्दा बढी उमेरका बुढा र कसैको कामले गर्दा आफुलाई समय दिन नसकेका ब्यथा हुन्छन् ।
धेरै जनाले मेरै अगाडि श्रीमानलाई फोन गरेको सुन्छु, कसैले तपाईको एकदम याद आईरहेको छ, कहिले आउनु हुन्छ भन्दै मेरो अंगालोमा भएपनि रोएको झैं नाटक गर्छन । कसैले पैशा टाईममा नपठाएको भन्दै झगडा गर्छन् । प्रायः बिदेशिनेका श्रीमतिको दुईवटा सिम हुन्छ, हामी जस्तालाई फोन गर्ने नम्बर श्रीमानलाई दिएका हुदैनन् । कसैले २ वटा मोबाईल सेटनै लिएका हुन्छन भने कसैले डबल सिम लाग्ने मोबाईल चलाएका हुन्छन् ।  कहिले काँहि हाँसै उठ्छ, चलन चल्तिको उखान केटाको भाग्य र केटिको चरित्र भगवानलाई पनि थाहा हुँदैन भनेको साँचो रहेछ ।
जिवनको यो यात्रा सम्झदा कहिले रमाईलो लाग्छ त कहिले औडाहा हुन्छ । फ्ल्याटको खर्च बेहोर्ने देखी उपहारमा सुनका सिक्री, औंठी, ब्रास्लेट र बाईक सम्म दिने आईमाईको संगतमा भएपनि म ३/४ हजार दिने आईमाईलाई पनि भेट्न जान्छु । सानैबाट पैसाको मुख राम्रो संग नदेखि हुर्केको म आज आफुलाई साथीभाई माझ सबैभन्दा धनि देख्छु ।
धेरै सँग धेरै रात र धेरै दिन बिताए पनि उनिहरुको कहिल्यै माया लागेन । माया त म आफुसँगै कलेजमा पढेकी श्रृजनालाई गर्छु । उसलाई मैले सुरुका दिनमा आफ्ना दुख देखाउन चाहिन आज ति दुख आफैं टाढा गए ।
बेहद प्रेम गर्छु श्रृजनालाई तर आफनो यो वास्तविकता बताउने आँट कहिल्यै आएन । श्रृजना संधै कराउँछे, तिमिले पढाई छोडयौ, बिहे पछि जिवन के गरेर चलाउने सोचेको छौं भन्दै । उसले ब्याचलर प्रथम श्रेणिमै उतिर्ण गरि । काठमाण्डौंको नेवारकी छोरी हो । म अन्यौलमा छु, उसलाई धोका दिनु ठिक हो कि होईन । म मेरी प्रेमीकालाई धोका दिईरहेको छु, ति आईमाईहरु आफ्ना श्रीमानलाई धोका दिईरहेका छन् । कति यस्ता लोग्ने पनि छन् यो शहरमा जसले आफ्नो श्रीमतीलाई धोका दिएर अरु केटीको लागि खर्च गरिरहेका छन् । सोच्दा यस्तो पनि लाग्छ धोकामै अडेर पनि सम्बन्ध त टिकीनै रहंदो रहेछ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.