महिलाहरुले आमा बन्ने बेलामा आफ्नो शरीरमा धेरै परिवर्तनको अनुभूति गरेका हुन्छन्। गर्भवती अवस्थामा महिलाको शारीरिक तथा मानसिक दुवै अवस्थामा परिवर्तन आउने गर्दछ। यस अवस्थामा हुने परिवर्तनका बारेमा महिलालाई राम्रोसित ज्ञान हुनु आवश्यक छ। विशेषगरी गर्भवती भएका बेलामा हुने सुरुवाती परिवर्तनका बारेमा महिलामा राम्रो ज्ञान भयो भने यसले महिलालाई विभिन्न समस्या तथा गुनासोबाट टाढा राख्न मद्दत गर्छ। गर्भवती अवस्थामा आउने सुरुवातका केही परिवर्तन यहाँ प्रस्तुत गरिएको छ :
१. महिनावारी रोकिन्छ। यो नै गर्भवती भएको सबैभन्दा पहिलो लक्षण हो।
२. सम्पूर्ण महिलामा आफू गर्भवती भएको अनुभूति हुन्छ। यस्तो अनुभूति लगभग सत्य हुने गरेको छ।
३. महिलाको स्तनमा परिवर्तन आउछ। गर्भवती अवस्थामा महिलाको स्तन दुख्ने तथा संवेदनशिल हुने गर्दछ भने कहिलेकाहीँ स्तनको टुप्पामा कालो रङ देखापर्छ।
४. सहजै थकान महसुस हुने गर्दछ। यस अवस्थामा शरीरका हर्मोनमा वृद्धि भैरहेकाले महिलामा चाँडै थाक्ने तथा गाह्रो महसुस हुने गरेको हो।
५. बारम्बार पिसाब लाग्ने गर्दछ। यो अवस्थामा महिलाको पिसाब नलीमा पाठेघरले बढी चाप दिने भएकाले र मिर्गौलाबाट पनि अतिरिक्त रसायनहरु निस्कने भएकाले महिलाहरुलाई गर्भधारणको ९ महिनासम्म बारम्वार पिसाब लाग्ने गर्दछ।
६. बिहानीपख ज्वरो आउने तथा वाकवाक लाग्ने हुन्छ । गर्भवति अवस्थामा शरीरले नयाँ अवस्थाको सामना गर्नुपर्ने भएकाले यस्तो हुने गर्दछ। बिहानीपख लाग्ने वाकवाकी विशेष गरी पहिलो महिनामा हुने गर्दछ र विस्तारै घट्दै जान्छ।
७. शरीर काम्ने तथा बेहोस हुने हुन्छ। यो अवस्थामा आमाले आफ्नो शरीरमा भएका प्रोटिन बच्चालाई पनि प्रदान गर्ने भएकाले आमा कमजोर भएर काम्ने तथा बेहोस हुने गर्छिन्। यस्तो बेलामा आमाले धेरै प्रोटिन तथा भिटामिनयुक्त खाना खानुपर्छ।
८. केही खानेकुरा खान मन पर्दैन। यो अवस्थामा बढी भिटामिनयुक्त र प्रोटिनयुक्त खानेकुरा खाइरहने हँुदा त्यस्तो अनुभूति हुने गर्दछ। तर त्यसो भन्दैमा खान छोड्नु हुँदैन । केही वासना तथा गन्धदेखि एलर्जी हुन सक्छ। महिलाको शरीरमा भएको एस्ट्रोजन हर्मोनको साइडइफेक्टका कारण यस्तो हुने गर्दछ ।
९. कब्जियत हुन सक्छ। यस्तो भएमा तुरुन्त डाक्टरकहाँ जानुपर्छ।
१०. गर्भवती अवस्थामा महिलाको मन छिनछिनमा परिवर्तन हुन्छ। कहिलेकाहीँ उनीहरु ज्यादै सन्काहा हुन्छन् भने कहिले भावुक ।
११. ढाड दुख्ने गर्छ । पेटमा भएको बच्चाको तौलका कारण ढाड दुख्ने समस्या आउने गर्दछ ।
१२. शरीरको तापक्रम एकदम बढ्ने गर्छ। एजेन्सी


0 comments
प्रतिक्रिया दिनुहोस्...