काठमाडौं, २९ वैशाख । नेपाल, चीन र भारत सम्बन्धबारे दिल्लीबाट एउटा नयाँ समाचार प्राप्त भएको छ ।
भारतको संस्थापन पक्षीय पत्रिका नवभारत टाइम्स ले नेपालको ओली सरकारले भारतसँग सम्बन्ध सुधार्ने प्रयास सूरु गरेको जनाएको छ ।
दीपांजन राय चौधरीले लेखेको समाचार यसको पहल परराष्ट्रमन्त्री कमल थापाको नेतृत्वमा भएको उल्लेख छ । समाचारमा मधेसवादी दललाई वार्तामा ल्याउनुपर्ने भारतको सुझाव अनुसार ओली सरकारले वार्ताको पत्र पठाएर सम्बन्ध सुधार गर्न खोजेको उल्लेख छ ।
समाचारमा राष्ट्रपतिको भारत भ्रमण रद्द र राजदूत फिर्ता प्रकरणले सम्बन्ध विग्रिएको भन्दै ओली सरकार अब त्यसलाई सुधार गर्ने प्रयास गरिरहेको पनि भनिएको छ ।
पाँच महिनासम्म भएको नाकाबन्दीले नेपाल चीनसँग निकै नजिकिएको र त्यो ओलीको चीन भ्रमणमा प्रष्ट देखिएको भन्दै चीनका साथसाथै ओली सरकार अब भारतसँग पनि सम्बन्ध सुधार गर्नमा अग्रसर भएको कुरा चौधरीले आफ्नो समाचारमा लेखेका छन् ।
समाचारमा मधेसी नेता राजेन्द्र महतोको भनाईलाई पनि समावेश गरिएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...