गुल्मी, ८ वैशाख । नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगन कुमार थापाले देशमा भइरहेको धर्म परिवर्तनलाई तत्काल रोक्नुपर्ने बताउनुभएको छ ।
नेपाल बिद्यार्थी संघको ४६ औं स्थापना दिवसको अबसरमा बुधवार नेपाल बिद्यार्थी संघ गुल्मीद्धारा सदरमुकाम तम्घासमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले पैसाको प्रलोभनमा बाध्य बनाएर भइरहेको धर्म परिर्वतनलाई रोक्नुपर्ने बताउनुभयो ।
हिन्दू धर्मको पक्षमा बोल्दै उहाँले भन्नुभयो- ‘सबै धर्म समान हुन । समाजमा ठेक्का लिएर धर्म परिवर्तन गर्नुहुँदैन । यसलाई रोक्नतर्फ सरकारको ध्यान जाओस ।’
समुदायले धर्म परिर्वतनको ठेक्का लिन नहुने उहाँको भनाई छ । पछिल्लो समय क्रिश्चिय धर्मको प्रचार देशभरी पैसामा भइरहेको र ठाउँ ठाउँमा चर्च खोलिरहेको अवस्थामा गगनको यस्तो भनाई आएको हो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...