-->
अख्तियारले अब ‘ठूला माछा’ पनि नछाड्ने

पोखरा –अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त दीप वस्नेतले अव अख्तियारले ठूला भ्रष्टाचारीलाई कारवाही गर्ने बताएका छन् ।
अख्तियार क्षेत्रीय कार्यालय पोखराद्धारा वुधवार पोखरामा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्वन्धी अन्तरक्रिया कार्यक्रममा वोल्दै आयुक्त वस्नेतले सो कुरा वताएका हुन् ।
आयोगले हिजो साना भ्रष्टाचारीलाई कारवाही गरेको र ठूला भ्रष्टाचारीलाई छोडेको भन्ने आरोप आएको जायज भएको वताएको छ ।
देशमा संविधान नवनको अवस्थामा ठूला भ्रष्टाचारीलाई कारवाही गर्दा कतै संविधान नै नवन्ने हो कि भन्ने आशंकाले त्यस्ता भ्रष्टचारीलाई आयोगले ध्यान नदिएपनि अव संविधान वनिसकेको अवस्थामा ठूला भ्रष्टाचारी कारवाहीमा पर्ने उनले वताए ।
आचरण र सदाचारमा नवस्ने सार्वजनिक पद धारण गरेको व्यक्तिलाई अख्तियारले कठघारामा उभ्याउने उनको भनाई छ ।
अख्तियारका सह न्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले सामाजिक, राजनीति र निजी क्षेत्रका भ्रष्टाचारको समूल अन्त्य गर्नको लागि आयोग प्रतिवद्ध रहेको वताए ।
अख्तियार क्षेत्रीय कार्यालय पोखराका प्रमुख डिल्ली शर्माले पश्चिमाञ्चल विकास क्षेत्रमा सवै भन्दा वढी उजुरी शिक्षा क्षेत्रका भएको जानकारी दिएका छन् । यो क्षेत्रमा शिक्षाका ४४ प्रतिशत उजुरी परेका छन् । त्यसैगरी दोश्रोमा स्थानीय निकाय सँग संवन्धित उजुरी परेको उनले वताए ।
पश्चिमाञ्चलको कास्कीमा सवै भन्दा वढी २१ प्रतिशत उजुरी परेका छन् भने सवै भन्दा कम मनाङमा १ प्रतिशतमात्र उजुरी परेको उनले वताए ।
२०७० साल असोज १ गतेदेखि क्षेत्रीय कार्यालय पोखरामा स्थापना गरेको अख्तियारमा हालसम्म ३ हजार ६३ वटा उजुरी परेका छन् । जसमा २ हजार १ सय १६ वटा उजुरी फस्र्यौट भएको शर्माले वताए ।
कास्कीमा हालसम्म १ सय ९४ उजुरी परेकोमा सवै भन्दा वढी स्थानीय निकायका ६० वटा र शिक्षा सम्वन्धि ५९ वटा उजुरी रहेको शर्माले जानकारी दिएका छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.